आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

बलिउडका ख्याति प्राप्त कलाकार दिलीप कुमारको मृत्यु विभिन्न सञ्चार माध्यमबाट बाहिरिए पछि उनका पत्नी सायरा बानुले उनको मृत्युको खबर हल्ला मात्र भएको टिवटर मार्फत बताएकी छिन् । टिवटर पोस्ट अनुसार उनको स्वास्थ्य स्थिति सुधार उन्मुख रहेको बताइएको छ । आइतबार जुन ६ तारिखमा उनलाई स्वासप्रसावसमा  समस्या आए पछि अस्पताल भर्ना गरिएको थियो । साथै उनले दिलीप कुमारको सुस्वास्थ्यका लागि कामना गरिदिने सबैमा धन्यवाद दिँदै , उपचारमा संलग्न डाक्टर समूहलाई समेत धन्यवाद दिएकी छिन् । उनी केही दिनमा स्वास्थ्य लाभ गरी घर फर्किने जनाइएको छ ।

तपाईको प्रतिक्रिया