आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

टेलिकम सञ्जाल भित्र आवश्यकता हेरी विभिन्न प्रकारका सफ्टवेयर प्रयोगमा आउने गर्दछ । जुन विदेशी कम्पनीबाट आपूर्ति हुने गर्दछन् । स्थानीय स्तरमा उत्पादन गरिएको सफ्टवेयर प्रयोग चुस्त प्रशासन, बजारीकरण स्टक बजार तथा पेमेन्ट सोलुसन लगायतका दैनिक जीवनयापनमा सहयोगी बन्ने गरेको छ । टेलिकम क्षेत्रका हाइटेक सफ्टवेयर नेपालमा उपल्वध हुन नसकेपछि विदेशी आयातमा  निर्भर हुनु परेको हो । टेलिकमका मुख्य समस्या मध्ये कलबाइपास नियन्त्रण, त्यस्तै निरन्तर रूपमा भ्वाइस तथा डाटाको गुणस्तरीय प्रयोगका लागि आवश्यक सफ्टवेयर जर्मन,अमेरिका तथा चीनबाट आयात हुने गर्दछ ।
हाल Fraud Management Solution नामक सफ्टवेयर मार्फत टेलिकमको कलबाइपास समस्या नियन्त्रण हुन सकेको छ । यसका साथै  इन्टरप्राइजेज स्तरमा टेलिकमको मोबाइल सञ्जालमा भाइरस प्रवेशलाई रोक्न इन्टेलिजेन्स सफ्टवेयर प्रयोगमा आउने गर्दछन् ।
टेलिकमले सार्वजनिक रूपमा आव्हान गरेका टेन्डरमा प्राविधिक रूपमा योग्य कम्पनीहरू सहभागी हुने गर्दछन् । सार्वजनिक खरिद ऐन अन्तर्गत आएका टेन्डरहरू खुल्ला प्रतिशपर्थाबाट योग्य कम्पनीलाई ठेक्कामा समावेश गराइन्छ । सहभागी कम्पनीहरूले प्रतिशपर्थी मूल्य सहित तोकिएको मापदण्ठ अनुसारको सामाग्री र सेवा उपल्वध गराउँछन् । तर टेलिकमका हार्डवेयर र सफटवेर खरिदका लागि आव्हान गरिने एउटै सार्वजनिक खरिद ऐनमा केही संशोधन आवश्यक छ ।
टेलिकमको टेन्डर व्यापारमा संलग्न केही चिनिया कम्पनीका डकुमेन्ट अनुसार योग्य नभएका घटनाहरू भेटिने गर्दछ । किनकि ठुला परियोजनामा राजनीतिक पूर्वाग्रह राखी भित्रिएका कम्पनीहरूका उपकरण न्युन स्तर सहित मर्मत सम्भार सेवा सुनिश्चित हुन नसकेपछि बजेट खेरजाने समस्या देखिएका छन् । दूरसञ्चार प्राधिकरणसँग प्रत्यक्ष सरोकार राख्ने टेन्डरमा तल देखि माथीसम्मको सेटिङले दूरसञ्चार क्षेत्रको राष्ट्रिय कम्पनी टेलिकमका सेवा स्तरीय नभएको जनगुनासो भेटिने गर्दछ । टेन्डरमा आवश्यकता अनुसार भित्रिएका विदेशी  कम्पनीका सफ्टवेयरमा आधारित विभिन्न परियोजना सुरु भएपनि कोभिडका कारण लक्ष्य अनुसार सम्पन्न हुन सकेका छैन । अर्कोतर्फ टेन्डरमा उल्लेख भएको समय सीमा भित्र परियोजना सम्पन्न गर्नु पर्दछ । तर कोभिडका कारण टेन्डर आव्हान र परियोजना ढिला हुने गरेको छ  । टेलिकमलाई आवश्यकपर्ने इन्टेलिजेन्स लगायतका हाइटेक सफ्टवेयर उत्पादनमा नेपाली सफ्टवेयर उत्पादकले प्राथमिकतामा राखे प्राविधिक स्तरका जनशक्ति रोजगारका लागि बिदेसिनु पर्देन् ।

तपाईको प्रतिक्रिया