आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

नेपाल धितोपत्र बोर्डले प्रेस विज्ञप्ति जारी गर्दे शेयर बजारमामा उछाल आएको बेलामा स्वाभाविक रूपले लगानीकर्ताहरूको उत्साहीत हुँदै गएका छन् । । तर जोखिम स्तर त्यससँगै वृद्धि हुने भएकोले  लगानीकर्ताहरूले होस पुर्‍याउनुपर्ने बताएका छन् । बजारको उतार चढावसँगै लगानीकर्ताहरूले  जोखिम बहन क्षमतालाई बुझी लगानी गर्नुपर्ने सुझाएका छन् ।
शेयर कारोबारको  डिजिटाइजेशननमा  रूपान्तरण पछि धितोपत्रको प्राथमिक र दोस्रो बजारमा लगानीकर्ताहरूको संख्या ह्वात्तै वृद्धि भएको छ । सूचीकृत कम्पनीहरूका सेयर मूल्य सहित संवेदनशील सूचना  नेप्सेले लगानीकर्ताहरूलाई सञ्चार माध्यमबाट जानकारी दिँदै आएको जनाइएको छ । त्यस कारण लहै–लहैमा नलागी कम्पनीका प्रति शेयर आम्दानी, प्रति शेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी तथा बजार मूल्य अनुपात जस्ता आर्थिक विश्लेषणका बारेमा आधारभूत जानकारी प्राप्त पछि मात्र शेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् ।
शेयर बजारको दोस्रो बजारमा कारोबारमा अप्रत्याशित वृद्धिसँगै शेयर कर्नरिङ,सर्कुलर ट्रेडिङ भएका गुनासाहरू धितोपत्र बोर्डलाई प्राप्त भएको छ । यस विषयको अध्ययनमा केही समय लाग्ने बताउँदै  धितोपत्र सम्बन्धी ऐन, २०६३ ले वर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया