आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

विश्वभर फैलिएको कोरोना महामारीले नराम्ररी असर गरेको क्षेत्र शिक्षा पनि हो । यो महामारीको अवस्था नभएको भए अहिले लाखौँ नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनको आफ्नो गन्तव्यमा हुन्थे । नेपाली  विद्यार्थीहरुले पढ्न चाहने कलेज तथा विभिन्न जिज्ञासाहरूको समाधानको लागि स्टडी इन्फो सेन्टर डटकम सुरु गरिएको जनाएको छ ।
नेपालका विद्यार्थीलाई दश जोड दुई पढिसकेपछि कुन ठाउँमा गएर कुन कलेजमा कुन विषय पढ्ने जस्ता प्रश्नले अलमल्याएको बेला स्वदेशमै हो भने विभिन्न कलेज चाहर्नु पर्ने र देश बाहिर जाने निर्णय गर्नुपर्दा शैक्षिक परामर्शदाताहरुकोमा धाउनु पर्ने यसअघिको बाध्यता अब छैन  ।
नेपालका विद्यार्थीलाई दश जोड दुई पढिसकेपछि कुन ठाउँमा गएर कुन कलेजमा कुन विषय पढ्ने जस्ता प्रश्नले अलमल्याएको बेला स्वदेशमै हो भने विभिन्न कलेज चाहर्नु पर्ने र देश बाहिर जाने निर्णय गर्नुपर्दा शैक्षिक परामर्शदाताहरुकोमा धाउनु पर्ने यसअघिको बाध्यता अब छैन  ।
विद्यार्थीहरूलाई अनलाइन शैक्षिक परामर्श मात्र होइन जान चाहेको देश र सहरमा उनीहरूका लागि आवास तथा रोजगारीका अवसरबारे पनि जानकारी दिने भरपर्दो अनलाइन माध्यम बनेको भण्डारीको दाबी छ ।
सन् २०२०को नोभेम्बरमा नेपालका वरिष्ठ शिक्षा विदहरुको उपस्थितिमा औपचारिकरुपमा सुरुआत भएको यो अनलाइन पोर्टलमा त्यसयता उच्च शिक्षा सम्बन्धी जानकारी प्राप्त गर्न नेपाल र विदेशबाट दुई  लाखभन्दा धेरैले भिजिट गरेको र  दश  हजार बढी विद्यार्थीले  विभिन्न सूचनाको माग गर्दै अनलाइन परामर्श लिएको उनले बताइन ।
छोटो अवधिमै विभिन्न देशका विद्यार्थीहरु माझ विश्वसनीय बनेको यो संस्थाबाट हालसम्म ६ हजार बढी विद्यार्थीहरूले विभिन्न अवसरहरूको पहिचान गर्दै संस्थाले दिने कोर्ष सम्बन्धी जानकारी, युनिभर्सिटीहरूको तुलना, र अनलाइन परामर्श जस्ता सेवाहरू लिइसकेका छन् । नेपालसँगै श्रीलंका, फिलिपिन्स, भारत लगायतका देशहरूबाट समेत  विद्यार्थीहरुले सोधपुछ गर्ने गरेको संस्थाकी निर्देशक रमला भण्डारीले जानकारी दिइन् ।
संस्थाले अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया डेनमार्कलगायतका एक दर्जन बढी उच्च शिक्षाका लागि कहलिएका मुलुकमा जान चाहने विद्यार्थीहरूलाई ती देशका तीन सयभन्दा धेरै विश्वविद्यालय र  क्याम्पसमानबारे अत्यावश्यक जानकारी अनलाइन मै उपलब्ध गराएको छ ।

घरमै बसेर दक्ष तथा अनुभवी परामर्शदाताहरूबाट सम्पूर्ण जानकारीसमेत निःशुल्क लिन सकिने र गन्तव्यसम्म जान आवश्यक जानकारी लिई प्रवेशाज्ञा प्रक्रियासमेत अघि बढाउन सकिने भएकोले पनि संस्थाप्रति विद्यार्थीको चासो बढेको प्रयोगकर्ताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया