आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

शहरी जीवनयापनमा कामको चाप र असन्तुलित भोजनले प्रायजसो व्यक्तिको शरीरमा अनावश्यक बोसोका कारण अत्यधिक मोटो देखिने गर्दछ । डाक्टरी सुझाव अनुसार प्राय मोटो व्यक्तिमा विभिन्न रोगहरू मध्ये टाइप २ मधुमेहको जोखिम अत्यधिक हुने गरेको पाइन्छ ।  त्यसकारण  ओम फर्मास्युटिकल्सले मोटोपनलाई सन्तुलनमा राख्न OBESLIM क्याप्सुल १२० मिली ग्राममा उपल्वध गराएको छ ।
विश्व स्वास्थ्य संगढनको शरीरको तौल मापन सुचाङक (BMI) अनुसार व्यक्तिको शरीरमा बोसो २८ देखि ३० प्रतिशत भन्दा उच्च भए टाइप २ मधुमेहको जोखिम उच्च हुने गर्दछ । यो सहित उच्च कोलेस्ट्रोल र हाइपर टेन्सन भएका व्यक्तिहरूका लागि समेत OBESLIM लाभदायक भएको कम्पनीले दाबी गरेको छ ।
 OBESLIM को दैनिक प्रयोगले ओरली स्टाट (Orlistat) लाई सक्रिय बनाई पेटमा पलाउने बोसोको मात्रालाई घटाइदिन्छ । दैनिक भोजनबाट पाइने ३० प्रतिशत बोसोका तत्त्वलाई पाचन प्रणाली प्रवेशमा रोकी दिन्छ । अर्कोतर्फ आन्द्रमा उपल्वध हुने लिप्सा (lipases)  इन्जाइम मार्फत शरीरलाई अनावश्यक भएको बोसोका तत्त्वलाई स–साना टुक्रामा बदल्ने प्रक्रिया पुरा हुन्छ । टाइप २ मधुमेह, उच्च रक्त चाप तथा हदयघात जस्ता रोगबाट बच्न मोटोपन समयमा नियन्त्रण हुन जरुरी हुन्छ ।
उच्च तौल भएका व्यक्तिहरूले प्रत्येक पटक खाना अघि वा खाना लिएको १ घण्टा पछि OBESLIM  १२० मिली ग्राम पानीको साथमा लिन सकिने कम्पनीले सुझाएको छ । ओरली स्टाट (Orlistat)  वा OBESLIM प्रयोगमा ल्याउँदा कम क्यालोरी भएका सन्तुलित भोजन लिनुपर्दछ । दैनिक भोजनमा फलफूल तथा हरिया साग सब्जीलाई उच्च प्राथमिकतामा राखिनु पर्दछ । शरीरलाई आवश्यक कार्बोहाइड्रेट तथा प्रोटिनको मात्रालाई दैनिक तीन पटकको भोजनमा विभाजन गरिनु पर्दछ । OBESLIM बाट उच्च फाइदा लिन बोसो तथा क्यालोरी पाइने चकलेट मसालेदार खाना प्रयोग गर्न नहुने सुझाइएको छ । साथै डाक्टरी सल्लाह अनिवार्य लिनुपर्ने कम्पनीले बताएको छ ।

तपाईको प्रतिक्रिया