आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधवार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमलव ४२ अंकमा झरेको छ ।
आइतबार २ हजार ९ सय ८३ अंकमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजार माथि पुगेर रेकर्ड कायम भएको थियो । मंगलबार झिनो अंकले ‘करेक्सन’ देखिए पनि परिसूचक ३ हजार माथि नै रोकिएको थियो ।
साताको दोस्रो दिन सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक बुधवार भने ३ हजार भन्दा तल झरेको थियो । बुधवार प्रिओपन सेसनमा नै ३२ अंकले घटेको नेप्से परिसूचक कारोबार खुला भएसँगै पनि ओरालो लागेको थियो । बजार बन्द हुँदा नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलव ६९ अंकमा पुगेको हो ।
नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त रहेको भन्दै मंगलबार ५१ कम्पनीको नाम नै तोकेर सूची सार्वजनिक गरेको थियो । बोर्डको यो कदम पछि बुधवार सेयर बजारमा प्रभाव देखिएको थियो । तर बिहीबार भने ठुलो प्रभाव देखिएन । नेप्सेमा कारोबार हुने समूहगत सवइन्डेक्सहरु मध्ये ६ वटा बढेका छन् ।
नेप्से परिसूचकमा खासै प्रभाव नदेखिए पनि कारोबार रकम भने सुस्ताएको छ । बिहीबार १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको सेयर कारोबार भएको छ ।

घाटा व्यहोर्ने १० कम्पनी

तपाईको प्रतिक्रिया