आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

निर्जीवन बिमा बजारमा नियोलाइट जनरल इन्सुरेन्सको प्रवेशका लागि तयारी पुरा भएको छ ।  निर्जीवन बिमा बजारमा बिमा समिति अन्तर्गत राष्ट्रिय बिमा कम्पनी  देखि सञ्चालित बिमा कम्पनीका सख्ंया २० पुगिसकेको छ ।

बिमाको दायरामा थप वृद्धिका लागि बिमा क्षेत्रका विज्ञ विक्रान्त पाण्डेको अगुवाइमा नियोलाइट जनरल इन्सुरेन्सको दर्ता प्रक्रिया कम्पनी रजिस्टर कार्यालयबाट पूरा भएको समाचार सूत्रले बताएका छन् ।  कम्पनीमा मध्यमवर्गीय र नयाँ व्यापारिक घरानालाई समेटेको छ ।

कम्पनीलाई आवश्यकपर्ने पुँजी सहित अगाडि बढिसकेको यस बिमा कम्पनीको उद्देश्य अन्यको तुलनामा केही आकर्षक देखिएको छ । मुख्य रुपमा नेपालभर घुम्ती बिमा सञ्चालन अभियानबाट सबैका लागि बिमाको पहुँच पु¥याउने उद्देश्य रहेको विक्रान्त पाण्डे बताएका छन् ।

तपाईको प्रतिक्रिया