आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट जनताको स्वास्थ्य रक्षाका लागि सरकारले २०७८ वैशाख १६ गते देखि लकडाउन जारी गरेको सन्दर्भमा सरकारले हाल सो लकडाउनलाई केही खुकुलो पार्दे लगेकोमा स्वागत गरेको नाडाले जनाएको छ ।

सरकारले अटोमोवाइल वर्कसप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेष गरी मजदुरहरूका लागि खोप उपलब्ध यथाशक्य छिटो उपल्वध गराउन प्रेस विज्ञप्ति मार्फत अपिल गरेको छ ।

अटो क्षेत्रमा संलग्न भएकाहरूले उच्च जोखिम स्तर थप उच्च भएको छ । यस  स्थितिमा अटोमोवाइल वर्कसप, शो रुम तथा स्पेयर पार्टस पसलहरूका व्यवसायीहरू, कर्मचारीहरू, टेक्नीसियनहरु र विशेष गरी ठुलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरूका जीवन सुरक्षाका लागि कोभिड १९ विरुद्धको खोप तदारुपताका साथ उपलब्ध गराई दिने व्यवस्थाका लागि हार्दिक अपिल गरिएको छ ।

तपाईको प्रतिक्रिया