आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

छिमेकी मुलुक पाकिस्तान सरकारले त्याहांका रेमिटेन्स पठाउने पाकिस्तानका नागरिकलाई वृद्ध भत्ता सहितका सरकारी योजना ल्याउने घोषणा गरेको छ । तर नेपालीलाई हालसम्म कुनै राहत प्याकेजबाट पुरस्कार दिने योजना राज्यको छैन । विदेशबाट फर्किएका रिटर्नी माइग्रेन्टहरुकालागि सरकारले परियोजनाका आधारमा वाणिज्य बैकबाट सरल ऋण दिने घोषणा गरेपनि त्यस प्रकारका ऋण पाउन त्यति सहज नभएको रिटर्नी माइग्रेन्टहरुको गुनासो छ । जबकि नेपालको रेमिटेन्स आम्दानीले राष्ट्रिय गार्हस्थ्य उत्पादनमा करिब ३८ प्रतिशतको साझेदारी गर्दे आएको छ । राष्ट्र बैक रिपोट अनुसार चा.लु आ.वको ८ महिनामा नेपालले ८ खर्ब रेमिटेन्स भित्राइसकेको छ ।

पाकिस्तान सरकारले “रेमिटेन्स लोेयल्टी”नामक राष्ट्रिय कार्यक्रमले ती नागरिक पाकिस्तान फर्किए पछि विभिन्न आर्थिक सुविधा सहित दिइने घोषणा गरेको पाकिस्तानका सञ्चार माध्यमले जनाएको छ ।

सन २०१९ को अन्तिम देखि सुरु भएको कोभिड–१९ को महामारीका कारण दक्षिण एसियामा भित्रिने रेमिटेन्स केही खसकीको विश्व बैंकले जनाएको छ । तर पाकिस्तान र बंगालादेशले फेब्रुअरी २०२१ मा २.२६६ अर्ब रेमिटेन्स भित्र्याउन सफलको बैंकले जनाएको छ । यस अवधिमा पाकिस्तानको रेमिटेन्स २४.२ प्रतिसतले वृद्धि भएको बैंकले उल्लेख गरेको थियो । पाकिस्तानको केन्दि«य बैंकले बेलायतबाट भित्रिने रेमिटेन्स २.५ अर्बमा पुगी ५६.८ प्रतिसतले वृद्धि भएको बिहीबार जनाएको थियो ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले “रोशन अपना” घर नामक कार्यक्रम उद्घाटन गर्दे सो योजनाका बारेमा बताएका हुन ।

 

यस कार्यक्रम अन्तर्गत विदेशबाट पाकिस्तानमा रेमिटेन्स पठाउने त्यहाँका नागरिकहरूलाई स्वदेश पठाइएको रकमका आधारमा विभिन्न आर्थिक सुविधा उपल्वध गराइने शुक्रवार जनाइएको थियो । विदेश गएका नागरिकहरूका मोबाइल नम्बर त्याहांका मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरिमा समन्वयका लागि पढाइने जनाइएको छ । त्यसकालागि पाकिस्तानले विशेष मोबाइल एप समेत ल्याउने बताइएको छ ।  प्रधानमन्त्री खानले रेमिटेन्स पठाई देशलाई संवृद्ध बनाउने सबै पाकिस्तानका नागरिकलाई धन्यवाद दिँदै बैङ्किङ च्यानल मार्फत रेमिटेन्स पढाउन आग्रह समेत गरेका छन् ।

नेपालका कुन व्यक्ती कति अवधिका लागि बिदेसिएको त्यसको रेकर्ड सम्म सरकारसँग छैन । सहुलियतका कार्यक्रम त परैको कुरा भयो । नेपालको राजनीति गर्ने व्यक्तिहरूले आफ्ना मान्छे बाहेक देशलाई संवृद्ध बनाउने बिदेसिएका नेपालीहरुकालागि  पाकिस्तानबाट सिक्ने बेला आएको छ ।

तपाईको प्रतिक्रिया