आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

यहि सप्ताह बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल तथा नेपाल अटोमोबाइल्स डिर्लस एसोसियन (नाडा) का प्रतिनिधि मण्डल विच फेयर ट्रेडका विषयमा छलफल भएको जनाएको छ । उक्त छलफलमा कोभिड १९ को कारण अटो क्षेत्रमा परेका समस्यामा सहजीकरणको सम्बन्धमा विभागमा छलफल भएको थियो ।

उक्त छलफलमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको जनाइएको छ । सवारी साधनहरुको आयातमा देखिएका विभिन्न समस्याहरुमा सहजीकरणका बारे छलफल भएको थियो । छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरु बारे अवगत गराएका थिए । त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै

एक्जीम कोडको नविकरण ५ बर्षका लागि व्यवस्था रहेको सो सुविधा व्यापारिक फर्म कम्पनीहरुलाई व्यवस्था गरिनु पर्ने जनाएका थिए । यसका साथै नयाँ एक्जीम कोड लिदा बैङ्क ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना फर्महरुले बैङ्क ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागि समेत आग्रह गरेका थिए । उक्त छलफलमा संघका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गसरएको जनाएका छ । विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोवाइल क्षेत्रका समस्याहरु बुंदागत रुपमा विभागमा पठाउन भनिएको थियो ।

तपाईको प्रतिक्रिया