आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आज शनिवारका दिन पनि  बैकका शाखा कार्यालयहरूबाट चेक क्लियरेन्स सहितका केही सेवाका लागि सबै बैंक खुला रहने बताएका छन् ।

राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरू शनिवार पनि खुला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिवार भएका कारण बैंकहरुले राजश्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने जनाइएको छ ।

त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिवार परे शाखा कार्यालयहरू खुला राख्न नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंकहरुलाई निर्देशन दिने गरेको थियो । शुक्रवार भने राष्ट्र बैंकले सूचना निकालेको छैन ।

यद्यपि चौथो त्रैमासको अन्तिम शनिवार भएका कारण बैंकले शाखा तथा काउन्टरहरू खोलेर सेवा दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले समेत बताएका छन् ।

त्रैमासको २५ गते पछाडि शनिवार परे पनि खोल्नु भनेर हामीले स्टाण्डिङ निर्देशन दिएका छौँ, यसकारण हामीले आज निर्देशन नदिए पनि आवश्यकताका आधारमा बैंकले शाखा कार्यालयहरू खुला नै राख्नेछन्,’ प्रवक्ता ढकालले भने ।

तपाईको प्रतिक्रिया