आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १४ औँ वसन्त पार गरी १५ वर्षमा प्रवेश गरेको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सकारात्मक र सबल हुँदै” भन्ने मूल नाराका साथ  १५ औँ वार्षिकोत्सव अहिलेको विषम परिस्थितीमा कोरोना संक्रमणबाट जोगिन आफ्नै कार्यालय सिटी एक्सप्रेस कम्प्लेक्स , कमलादीमा छोटो समारोह बिच सम्पन्न गरेको छ ।

उक्त समारोहमा “न एती न उति सिधै लखपति” योजनाको विजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई रु १०,००,००० को चेक हस्तान्तरण गरेको थियो । साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक वर्षमा उल्लेखनीय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरेको बताइएको छ ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको

तपाईको प्रतिक्रिया