आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

कम्प्युटर एशोसियसन नेपाल  (क्यान महासंघ) र ज्योति विकाश बैंक बिच देशभर सूचना तथा संचार प्रविधि प्रवर्धनमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा क्यान महासंघमा आबद्ध उद्यमी र व्यवसायीक सदस्य तथा कम्पनीमा कार्यरत कर्मचारीहरूलाई रु.१५ लाख सम्म लघु उद्यम कर्जा उपल्बध गराइने जनाइएको छ । यसका साथै सहुलियतपूर्ण व्यवसायीक कर्जा समेत बैंकले प्रदान गर्ने सम्झौता भएको छ ।

क्यान महासंघमा आबद्ध योग्य व्यवसायीहरूलाई बैंकले विभिन्न शीर्षकमा सहुलियतपूर्ण कर्जा उपल्बध गराइने  छ । जस अन्तर्गत महिला उद्यमशीलता कर्जा सहित शिक्षित युवा स्वरोजगार , विदेशबाट सीप सिकेर फर्किेएकाहरुलाई युवा व्यवसायीक कर्जा प्रदान गर्नेछ । त्यसैगरी महासघमा आबद्ध खुद्रा व्यवसायीहरूलाई बैंकले क्युआर कोड उपलब्ध गराउने छ ।

क्यान र ज्योति विकाश बैंकको अगुवाइमा देशभर सूचना तथा संचार प्रविधि प्रवर्धन र डिजिटल सेवा विस्तारमा सहकार्य गरिने जनाएको छ । नेपालका विभिन्न स्थानमा सूचना तथा संचार प्रविधि क्षेत्रको विकाश र डिजिटल सेवा विस्तार तथा प्रवर्धनका लागि संयुक्त रूपमा तालिम लगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

उक्त समझदारी पत्रमा क्यान महासंघका तर्फबाट उपाध्यक्ष रणजित पोदार तथा ज्योति विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस कँडेलले हस्ताक्षर गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया