आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि एकीकृत कारोबार शुरु भएको  छ । सिर्जनालाई प्राप्ति गरेपछि बैंकले असार २६ गते शनिवार देखि एकीकृत कारोबार शुरु गरेको हो । सिटिजन्स बैंक र सिर्जना फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरू सहभागी भएको एक विशेष समारोह बिच बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् ।

बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात् बैंकको कुल शाखा १८९ पुगेछ । यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या पनि करिब १२ लाख पुगेको बैंकले जनाएको छ ।

>हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्सको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरू र प्रदेश नं २ मा २० वटा शाखाहरू रहेकोमा २७ वटा शाखाहरू सञ्चालनमा आएका छन्। सिर्जना फाइनान्सका शेयरधनीहरुले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पश्चात् चुक्ता पुँजी १२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया