आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

अर्थ मन्त्री जनार्दन शर्माले नेपालमा अटोमोवाइल उद्योग स्थापना भए सरकारले साथ दिने नाडाले जनाएको छ ।
नव नियुक्त अर्थ मन्त्री जनार्दन शर्मा र नाडा बिच फेयर ट्रेड अभियान सम्बन्धी छलफलका क्रममा  अर्थ मन्त्रीले नेपालमा अटो क्षेत्रको विकाशमा उद्योग स्थापना हुनुपर्नेमा जोड दिएका छन् । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा भएको ५ सदस्य  प्रतिनिधि मण्डलले नव नियुक्त माननीय अर्थ मन्त्री जनार्दन शर्मालाई शुभकामना दिँदै अटोमोवाइल व्यवसायका सम सामयिक विषयहरूमा छलफल गरेको नाडाले जनाएको छ ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा अभियानमा विश्वास गर्दे आएको बताएका थिए । सवारी साधनहरूको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरू बारेमा छलफल भएको जनाइएको छ ।

छलफलमा अध्यक्ष दुलालले अटोमोवाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरूका लागि कोभिड विरुद्धको खोपको व्यवस्था तीव्र गतिमा गरिनुपर्ने माग राखेका थिए ।  नेपालमा आन्तरिक स्तरमा उत्पादन हुने अटोमोवाइल स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु उच्च परिमाणमा आयात भइरहेको गुनासो राखेका थिए । नाडाका अनुसार उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनुपर्ने स्पष्ट पारेका छन् । त्यसै गरी  छलफलमा आउँदो २०७८÷७९ को  मौद्रिक नीति अटोमोवाइल व्यवसायी मैत्री हुने दुलालले आशा व्यक्त गरेको बताइएको छ ।

नाडाका उपाध्यक्ष करण चौधरीले बढ्दो क्रममा रहेको सवारी साधनहरूको आयात नेपाल राष्ट्र बैङ्कले सवारी साधनहरूको बिक्रीमा लगाएको ५० प्रतिशतको क्यापका कारण आर्थिक वर्ष २०७३÷७४ देखि सवारी साधनहरूको आयात क्रमशः घटन थालेको जानकारी दिएका छन् । नेपालको सार्वजनिक यातायात देशभर  सुचारु हुन नसक्नुमा  सडक सहितका पूर्वाधार गुणस्तरीय हुनुपर्ने बताएका छन् । भेटघाटमा नाडाका महासचिव सुनिल रिजालले आयातमा प्रयोग गरिने विल–बीजक कम्प्युटराइज्ड भए मात्र अनधिकृत आयात नियन्त्रण हुन सहज हुने जानकारी दिएका थिए ।

अर्थ मन्त्री जनार्दन शर्माले सरकारले सबै नेपाली जनतालाई नै सर्वसुलभ रूपमा खोप उपलब्ध गराउने जानकारी दिएका छन् ।  मन्त्री शर्माले  नेपालको अटोमोवाइल क्षेत्रका समस्याहरूका बारेमा एकमुस्ट उल्लेख गर्न नाडालाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया