आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

प्रोल्ट्री क्षेत्रमा भ्याली समूह एक प्रतिष्ठित ब्रान्डको नामले बजारमा परिचित छ । विगत ४ दशक देखि भ्याली समूहले प्रोल्ट्रीलाई आवश्यक चल्ला,दाना सहित मासुजन्य पदार्थको गुणस्तरीय उत्पादन गर्दे नेपाललाई पोल्ट्री क्षेत्रमा आत्मनिर्भर  बनाउँदै  लगेको छ । यही समूहमा आयात–निर्यात मालवाहक सामानका कन्टेनर  व्यवस्थापन गर्दे आएको प्रिस्टीना लजेष्टिकको व्यवसायीक  एकियवद्धताले बिरगञ्ज सुख्खा बन्दरगाह (आइ.सी.डी) सञ्चालन थप सहज हुने भएको जनाइएको छ ।
यस सहकार्यबाट स्थापित भएको प्रिस्टीना भ्याली ड्राइपोर्ट प्रा.लि सन २०२० को अगस्ट देखि बिरगञ्ज सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा  पाइसकेको कम्पनीले जनाएको छ ।

नेपाल–भारत वाणिज्यमा आइ.सी.डी सञ्चालनले अन्तर्राष्ट्रिय वाणिज्य सहज बन्दै गएको छ । नेपालको बजार माग आपूर्तिमा तेस्रो देशबाट हुने आयात प्रमुख रहेकोले चुस्त व्यवस्थापन भएको प्रिस्टीना लजेष्टिक भित्रिए पछि पारवहन झन्झट रहित हुँदै गएको छ । तेस्रो देशबाट  हुने आयात कलकत्ता र विशाखापटनम पोर्टभई रेलमार्ग मार्फत  १०० प्रतिशत कन्टेनर  बिरगञ्ज सुख्खा बन्दरगाह आउने गरेकोले नेपालको लागि वाणिज्यमा  आइ.सी.डी  लाइफ लाइन साबित भएको छ । किनकि बिरगञ्ज आइ.सी.डी नेपालको एक मात्र भारतको रेलमार्गसँग जोडिएको बन्दरगाह हो, जुन ३८ हेक्टर जमिनमा फैलिएको छ भने ६ वटा रेलवे ट्रयाक मार्फत सामान आउने गर्दछ ।

यसअघि आयातकर्ताहरूले टर्मिनल शुल्क बुझाए पनि कन्टेनर लोड–अनलोडमा अतिरिक्त श्रमिक शुल्क बुझाउनुपर्ने बाध्यता थियो । तर प्रिस्टीना भ्यालीले बिरगञ्ज आइ.सी.डीमा प्रवेश गरेपछि त्यस प्रकारको शुल्कमा केही राहत पाउने भएका छन् । अर्कोतर्फ शिपिङ कम्पनीको बिल्म्ब शुल्क नलाग्ने अवधि भित्र कन्टेनर किल्यरिङ हुँदा आयातकर्तालाई झन्झट रहित सेवा उपलब्ध भएको छ । प्रिस्टीनाले आइ.सी.डीका यस प्रकारका कार्यलाई आन्तरिक रूपमा व्यवस्थापन गरिएको कम्पनी स्रोतले जनाएको छ ।

आयातकर्ताले बन्दरगाहमा सामान आएपछि व्यवस्थापनका लागि निजी क्षेत्रका पोर्ट सञ्चालकलाई प्रति मे.ट १०९ रुपैयाँ शुल्क बुझाउनु पर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिले दर तोकेको छ । यस अघि आयातकर्ताले कन्टेनर डाउनलोड–अपलोड तथा व्यवस्थापनका लागि अतिरिक्त शुल्क सहित कुल २५९ रुपैयाँ पोर्ट सञ्चालकलाई तिर्दे आएका थिए । तर प्रिस्टीनाले यही सेवा २४६ रुपैयाँमा उपलब्ध गराएपछि आयातकर्तालाई केही राहत भएको बुझिएको छ ।

प्रिस्टीना भ्याली समूहले नेपाल–भारतका वाणिज्यका अधिकारीहरुसंग पारवहनमा देखिएका विभिन्न समस्या समाधानका लागि पहल गरिने जनाएको छ । समूहले आइ.सी.डीको पूर्ण क्षमता प्रयोगमा स्तरीय सञ्चालन प्रक्रिया योजना अघि बढाएको छ । यसबाट हाल मासिक आयात हुने ६०० कन्टेनरको सख्ंयामा थप ५० प्रतिशत वृद्धि भएपनि किल्यरिङमा कठिनाइ नहुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया