आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

Skoda मोटर्सकालागि आधिकारिक बिक्रेता मोरङ अटो  वर्कले  ATS ELGI को  अत्याधुनिक तथा विश्व स्तरीय वर्कसप सितापालामा जडान गर्ने योजना रहेको जनाइएको छ । सन २०२१ को सेप्टेम्बर देखि निर्माण सुरु हुने विश्व स्तरीय सो  वर्कसपको नवीन डिजाइनले Skoda का ग्राहकलाई उच्च स्तरीय सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपालमा पहिलो पटक Skoda मोटर्सले २५ हजार वर्ग मिटर क्षेत्रफलमा  निर्माण  हुने यस वर्कसपले ब्रान्डलाई नेपालमा स्थापित गर्न सहयोगी हुने बताइएको छ । यसका साथै Skoda मोर्टसले विशेष ब्रान्ड क्याम्पेन  समेत गरिने जनाइएको छ । यस वर्कसपमा अन्तर्राष्ट्रिय श्रम संगढनले सुझाएको पेसागत तथा स्वास्थ्य

                            rapid

मापदण्डका १६ वटा विधि अपनाइने छ । कम्पनीले वार्षिक ६ हजार ४ सय Skoda मोर्टसको सर्भिस गर्ने लक्ष्य लिएको छ , जसमा ५० दक्ष मोटर मेकानिकललाई समावेश गराइनेछ । बिक्री पछिको विश्व स्तरीय मर्मत सम्भार व्यवस्थापनले बजारमा Skoda को विश्वसनीयता वृद्धि हुने कम्पनीले जनाएको छ , किनकि प्रत्येक गाडीमा फेरबदल हुने पार्टसको सुची सहितको रेकर्ड राखिने छ ।

Skoda का ग्राहकले विश्व स्तरीय वर्कसपबाट सेवा पाउने कल्पना गरे जस्तै सुविधा उपलब्ध गराउन पाउँदा कम्पनीलाई गौरव महसुस भएको Skoda नेपालका लागि प्रबन्ध निर्देशक रौनक अग्रवालले बताएका छन् ।

Kushaq

नेपालभर Skoda को प्रमुख ६ शहरमा मर्मत सम्भारका आधिकारिक  वर्कसपबाट सेवा उपलब्ध गराइएको छ । आगामी २ वर्षमा ब्रान्डलाई बजारमा स्थापित गराउन ब्रान्ड नेटवर्कलाई थप १० प्रमुख शहरमा लगिने योजना रहेको छ ।  चेक गणतंत्रमा उत्पादन गरिएका Skoda का Rapid ,  Superb , Kodiaq , र Karoq  सहित ४ मोडल नेपालमा छन्, छिट्टै Kushaq मोडल भित्रिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया