आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

युरोपमा रहेका नेपालीहरूलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट नेपालमा पैसा पठाउन सहज 

साइप्रस  को ख्याति प्राप्त Korona Pay   र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेन्स कारोबार सुरु भएको कम्पनीले जनाएको छ । साइप्रस, बेलायत, जर्मन, डेनमार्क, स्पेन, इटाली अथवा फ्रान्समा रहेका नेपालीहरूले Korona Pay मार्फत सिटी एक्सप्रेसबाट सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२,००० भन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सक्नेछन् ।

नेपालको  जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Korona Pay का तर्फबाट प्रमुख कार्यकारी अधिकृत Gleb Kozlov ले हस्ताक्षर गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया