आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

नेपाली मेहनती तथा मेधावी बिध्यार्थीहरु  लक्ष्ति भारत सरकारको शतप्रतिशत कम्पेक्स छात्रवृत्ति उपलब्ध हुने भएको छ । काठमाडौंमा एक समारोहको आयोजना गरी सो छात्रवृत्ति सम्बन्धी जानकारी गराइएको थियो ।

भारतको कलिङगा इन्स्टिच्युट अफ  इंडस्ट्रियल टेक्नोलोजी, किट युनिभर्सिटीको प्रतिनिधित्व गर्दे आएका नेपालका वाइड रेन्ज कन्सल्टेन्सीले सो छात्रवृत्ति घोषणको कार्यक्रम आयोजना गरेका थिए ।

वाइड रेन्जका निर्देशक सुदिप कुमारका अनुसार प्रविधि तथा उद्योग क्षेत्रका व्यवसायीक  अध्ययनका लागि गन्तव्य भारत अब्बल स्थानमा पर्दे आएको छ । नेपाल–भारत आवत जावत सहज भएकोले विद्यार्थी तथा अभिभावक सम्बन्धित  विश्वबिध्यालयको पढ्न–पाढन प्रत्यक्ष  अवलोकन गर्न समेत सहज भएको छ ।

कम्पेक्स छात्रवृत्तिको बारेमा नेपाली  विद्यार्थीहरूलाई जानकारी गराइँदै , नेपालको जुनसुकै स्थानबाट सहभागिता अभिवृद्धिका लागि वाइड रेन्जले सहयोग गर्ने जनाइएको छ । कन्सल्टेन्सीले राजविराज, जनकपुर , लगायतका स्थानमा शाखा सञ्चालन गरिएको छ ।

यस कार्यक्रममा सहभागी हुनका लागि अनलाइन आवेदन फर्म खुलिसकेको बताइएको छ । यस छात्रवृत्तिको तैयारी कक्षा प्रत्येक दिन ३–४ बजेसम्म निःशुल्क सञ्चालन गरिएको छ । गत यस कार्यक्रममा ४० नेपाली   विद्यार्थीले सहभागिता जनाएको थियो । त्यस कारण यस मौकालाई उपयोग गरी उद्योग स्तरमा दक्षता हासिल गर्न सुझाइएको छ ।

यो छात्रवृत्तिमा इन्जिनियरिङ,फार्मेसी,कृषि, खाद्य तथा प्रविधि संकाय तर्फ व्यसायीक शिक्षा हासिल गर्न सकिने छ । यसमा +2 उर्तीण गरिसकेका वा +2 का परीक्षामा सहभागी हुन तैयारी अवस्थामा रहेका विद्यार्थीहरूले आवेदन फर्म भर्न पाउने छन् । सहभागी विद्यार्थीले सम्बन्धित संकायका प्रमुख विषयहरूमा न्यूनतम ६० अंक प्राप्त गरेको हुनुपर्नेछ । जस्तै इन्जिनियरिङका लागि आवेदन गर्नेले भौतिक विज्ञान, रसायन शास्त्र, अंग्रेजी तथा गणित विषयमा देहायको अंकलाई अनिवार्य गरिएको छ । साथै अन्य संकायमा समेत यही निया लागु हुने बताइएको छ ।

भारत सरकारबाट नेपाली बिध्यार्थीहरुका लागि मात्र उपलब्ध कम्पेक्स छात्रवृत्ति कार्यक्रममा इञ्जिनिएरिङ तर्फ सबै भन्दा बढी १६० सिट छन् भने फार्मेसी, कृषि तथा खाद्य तर्फ क्रमशः १० सिट समेत  कुल २२० सिट रहेको जनाइएको छ । यही छात्रवृत्तिलाई पहिले कोलम्बो प्लान भनिन्थ्यो ।
छात्रवृत्ति कार्यक्रममा छनौटमा परेका   विद्यार्थीका आते–जाते, टुयसन, होस्टेल लगायतका सम्पूर्ण खर्च निःशुल्क गरिएको छ । यस बाहेक   बिध्यार्थीहरुले मासिक ५५०० भारु भत्ता समेत पाउने बताइएको छ ।

भारतका प्रतिष्ठित  विश्वबिध्यालयलाई यस कम्पेक्स छात्रवृत्ति कार्यक्रममा समावेश गराइएको छ ।  विशेष गरी १९४६ मा स्थापित बि.एम.यस कलेज अफ इञ्जिनिएरिङ, किट युनिभर्सिटी भुवनेश्वर तथा गार्डेन सिटी बैंगलौरलाई समावेश गराइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया