आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

नेपालको पहिलो फण्ड ट्रान्सफर , मोबाइल वालेट सेवा उपलब्ध गराउँदै आउँदै आएको e-sewa मा आज बिहानै देखि लगइन समस्या देखिएको छ । डिजिटल वालेट नामले चिनिएको e-sewa मा समस्या देखिएको यो पहिलो पटक हो । समस्या समाधान विषयमा कम्पनीको कमलादी स्थित कार्यालयमा सोधपुछ गर्दा केही समय लाग्ने बताइए पनि यो समाचार तयार हुंदा सम्म समाधान भएको छैन ।
sewa पेमेन्ट गेटवे मार्फत दैनिक प्रयोग हुने सेवाका सम्पूर्ण भुक्तानीलाई    डिजिटाइजेशन गरिए पछि  यूटिलिटी पेमेन्ट केही सहज भएको छ । हाल करिब ८० लाख ग्राहक यस सेवामा आबद्ध रहेको बुझिएको छ ।

नेपाल सरकारले e-sewa सँग दुई करोड ५० लाख मूल्यमा सरकारी तहका सम्पूर्ण पेमेन्टको सहज भुक्तानीका लागि उसले प्रयोग गर्दे आएको पेमेन्टगेट–वे प्रयोगका लागि व्यवसायीक समझदारी जनाएको थियो । तर e-sewa का प्रबन्ध निर्देशक असगर  अलीले सरकारी पेमेन्टलाई अवरुद्ध बनाउँदै आफ्नै कम्पनीको मात्र प्रचार गरेको आरोप खेपेका थिए ।

तपाईको प्रतिक्रिया