आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

नेपाल धितोपत्र बोर्ड (सेबोन) का सह प्रवक्ता रुपेश केसीका अनुसार सेबोनले लगानीकर्तालाई प्रभावित गर्ने कुनै पनि किसिमको कार्य नगर्न भनी विज्ञप्ति निकाल्दै आएको छ । सेबोनले त्यस्तो गतिविधि बारे अनुसन्धान पनि गरी रहेको छ । कुनै पनि लगानीकर्तालाई प्रभावित गरेर सेयर किन बेच गरेमा धितोपत्र ऐन २०६३ को दफा ९६ अनुसार कारबाही हुने ऐनको बारेमा प्रस्ट पारेका छन् ।

उक्त ऐनमा कुनै पनि लगानीकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धितोपत्र किन्न वा बेच्न प्रभाव पार्नुका साथै कम्पनीको मूल्य घटाउने÷बढाउने कार्य गरेमा रु. ५० हजारदेखि रु. १ लाख ५० हजारसम्म जरिवाना हुन्छ । यसका साथै १ वर्षसम्म कैद पनि हुने उल्लेखित छ । त्यस्तो कारोबारले कसैलाई हानी–नोक्सानी गरेमा भर्पाई पनि दिनुपर्ने हुन सक्छ ।

सेयर बजारका लगानीकर्ता दुर्गा घिमिरे भन्छन्, ‘बजारका ठुलै लगानीकर्ताले अस्ति एउटा कम्पनीको राम्रै प्रचार प्रसार गरेको भोलिपल्टबाट  कम्पनीको रिपोर्ट त्यति राम्रो आएन । कुरा बुझ्दा उनले रिपोर्ट आउने अघिल्लो दिन नै आफ्नो सेयर बेचेका रहेछन् । उनले आफ्नो टोपी अरू लगानीकर्तालाई लगाइदिए । त्यसैले बजारमा लगानी गर्दा ठुला लगानीकर्ताको हल्लाको पछि नलागी लगानी गर्नुपर्ने उनको सुझाव छ ।

आफ्नो कम्पनीको पोर्टफोलियो  राम्रो हुँदा बढी मूल्यमा बेचेपछि त्यही कम्पनी नराम्रो भन्ने लगानीकर्ता पनि छन् । त्यस्ता लगानीकर्तालाई नियामक निकायले कारबाही गर्नुपर्ने आम लगानीकर्ता बताउँछन् । आफूले किनेको कम्पनीले राइट, बोनस दिने हल्ला फैलाएर बेच्ने चलन छ । त्यसैले लगानीकर्ता अरूको हल्लापछि लागेर लगानी गर्नु हुँदैन ।

त्यस्तै सेयर बजारका लगानीकर्ता सिर्जन पोखरेल लगानीकर्ताले लगानी गर्दा आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने बताउँछन् । लगानीकर्ताले पनि लगानी गर्नुअघि अरूको कुरा सुन्नु हुँदैन । आफैँले कम्पनीको अध्ययन गरेर लगानी गर्नुपर्छ ।

नेपालको सेयर बजारमा सेयर किनेपछि सामाजिक सञ्जालहरूमा आफूले किनेको कम्पनीको प्रचारप्रसार गर्ने चलन छ । अहिले फेसबुक, भाइबर, क्लब हाउस जस्ता सामाजिक सञ्जालमा यस्तो गतिविधि हुँदै आएको छ । धेरैजसो लगानीकर्ता पनि हल्लाको पछि लागेर सेयर खरिदबिक्री गर्ने गरेको पाइन्छ ।

क्लब हाउसमा भएको छलफल सुनेर एउटा कम्पनी किनेको थिएँ, अहिले लाखौँ घाटा छ’, एक लगानीकर्ताले भने, ‘घाटा खाएर सेयर बेच्ने कुरा आएन। त्यसैले अहिले म पनि उक्त कम्पनीको विज्ञापनमा लागेको छु।

तपाईको प्रतिक्रिया