शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएको कम्पनीले जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको करार सेवाको म्याद साउन ८ गतेदेखि सकिएकाले नयाँ नियुक्ति नभएसम्मका लागि पोखरेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

पोखरेल २०७७ भदौमा खुला प्रतिस्पर्धाबाट नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । युनाइटेड फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर उनी नेपाल इन्स्योरेन्समा आबद्ध भएका हुन् । उनले नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतका ठुला बैंकहरूमा कार्यरत हुँदाको अनुभव बटुली सकेका छन् । कम्पनीले तत्काल प्रमुख कार्यकारी अधिकृत नल्याउने भएकाले पोखरेललाई कामुको जिम्मेवारी दिएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया