शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्बपचास करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि शिलान्यास गरिएको छ । आजआइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकाल सहितका उद्योगपतिले नेपाल  पल्प  एण्ड पेपर इण्डष्ट्रिज प्रा लीको शिलान्यास गरिएको जनाइएको छ ।

अध्यक्ष ढकाल सहित जनकपुरधामको सराफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवाली लगायतको सो उद्योगमा लगानी रहेको छ । उक्त शिलान्यास कार्यक्रमको संयुक्त रुपमा  शिलान्यास गरिएको थियो ।

आइएमई समूहद्वारा प्रवर्धन गरिएको उद्योग, ११ बिघा जमिनमा कारखाना भवनमा सञ्चालन हुनेछ । उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न भई उत्पादन सुरु हुने जनाइएको छ ।

यो उद्योगको दैनिक ७५ टन कागज उत्पादन क्षमता रहने बताइएको छ । उद्योग सञ्चालनमा आए लगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ ।

सो समारोहमा उद्यमी ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन शुरु हुने जानकारी दिए । नेपाली बजारमा तैयारी उत्पादन दिने यस प्रकारको उद्योग पहिलो पटक स्थापना हुन लागेको हो । कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीहरूको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन हुन सहज हुने बताइएको छ  ।

नयाँ उद्योग स्थापनाले राम नगरबासी उत्साहित देखिएका छन् । यस अघि राम नगरमा एभरेस्ट सुगर एण्ड केमिकल इण्ड्रष्ट्रिज सञ्चालनमा आइसकेको छ ।

तपाईको प्रतिक्रिया