शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

लघुवित्त संस्थाको लाभांश सम्बन्धी नीतिबारे राष्ट्र बैंकको पछिल्लो निर्देशनमा लघुवित्त बैंकर्सहरु खुसी भएका छन् । लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालले निर्देशन प्रति असहमति राख्नुपर्ने कुनै ठाउँ नभएको भन्दै यसले लघुवित्त संस्थाको स्थायित्वका लागि उपयुक्त भएको बताएका छन् ।

राष्ट्र बैंकले लघुवित्त संस्थाको असल ऋणमा बैंक तथा वित्तीय संस्थाको जस्तै प्रोभिजनिङ थपेर १.३ प्रतिशत पुर्‍याएको छ भने लाभांश वितरणमा समेत यसअघि रहँदै आएको कडाइलाई निरन्तरता दिएको छ ।

तर, राष्ट्र बैंकले २० प्रतिशत भन्दा बढी लाभांश दिँदा बढी हुने लाभांशको २५ प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा राख्नुपर्ने व्यवस्था हटाएको छ । लघुवित्त बैंकरहरुले सुरुदेखि नै माग गर्दै आएको यो व्यवस्था राष्ट्र बैंकले सम्बोधन गरेको हो । तर यसको सट्टामा २० प्रतिशत भन्दा बढी लाभांश यसअघि रहेको २५ प्रतिशत बराबरको साधारण प्रोभिजनिङलाई बढाएर ५० प्रतिशत पुर्‍याएको छ ।

तपाईको प्रतिक्रिया