शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

बालबालिकालाई मासिक ३ हजार शैक्षिक भत्ता दिने सरकारले निर्णय गरेको छ ।बागमती प्रदेश सरकारले बालबालिकाहरुलाई मासिक ३ हजार रुपैयाँ शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता दिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०८९ को नीति तथा कार्यक्रममा कोरोनाका कारण आमा बाबु नै गुमाएका बालबालिकाका लागि उक्त भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विष्णुप्रसाद प्रसाईँले उक्त जानकारी गराउनुभएको हो । प्रदेश सरकारले कोभिड १९ को संकटबाट प्रभावित नागरिकको जीवनस्तरमा सुधार ल्याउनका हरित उत्पादन, हरित, उत्थानशील, समावेशी विकास जस्ता असल अभ्यासहरूको आन्तरिकीकरण गरी सामाजिक तथा पूर्वाधार विकासका कार्यक्रममा कार्यान्वयनलाई जोड दिएको छ ।

तपाईको प्रतिक्रिया