शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

उदीयमान अटो व्यवसायी मिलन मल्लको व्यवसायीक जीवनसँग गाँसिएको YAMAHA शोरुममा १६ वर्षको कलिलो उमेरमा उनले जागिरे जीवन सुरु गरेका थिए । त्यहीबाट सुरु भयो YAMAHA सँग मिलनको अटो व्यवसाय ।

आज तीन दशक सम्म आइपुग्दा पनि YAMAHA सँग जोडिएर यही ब्राण्डको व्यापारमा संलग्न छन् ।YAMAHA को लागि नेपालको नेशनल डिस्ट्रीब्यूटर MAW मा उनले १४ वर्ष जागिरे जीवन बिताएपछि विगत १६ वर्ष देखि कुमारीपाटिमा रिसिक अटो YAMAHA शोरुम सञ्चालन ल्याएका हुन ।

रिसिक अटोको अत्याधुनिक शोरुमको सुरुवात पछि त्यसको देखासिकीले नेपालमा आकर्षक डिजाइनका शोरुम खुल्ने लहर चलेको पाइन्छ । बि.स २०६२ सालमा उनको समूहले करिब १ करोडको लगानीबाट सुरु भएको उनी बताउँछन् ।

YAMAHA ब्राण्डका मोटरसाइकल र स्कुटर रिसिक अटोले वार्षिक ३००० को संख्यामा बिक्री गर्न सफल भई विगत लामो समय देखि नम्बर १ बिक्रेताको उपाधि समेत पाउँदै आएको छ । हाल रिसिक अटोको कुमारी पाटी बाहेक बल्खु र ग्वार्कोमा समेत शोरुम सञ्चालनमा आइसकेको छ ।

स्कुटर

नेपालमा सन १९८५ देखि YAMAHA ब्राण्डका मोटरसाइकल भित्रिएको  विगत सम्झीदै मिलन बताउंछन् । उनका अनुसार बर्षें  अघि यहि बाइक राजदुत नामको ब्राण्डले बिक्री हुने गर्दथ्यो । त्यसबेला भारतको Escorts कम्पनीका प्रवद्धक अनिल नन्दाले जापानको थ्ब्ःब्ज्ब् कम्पनीलाई २५ प्रतिशत मात्र सेयर बेचेका थिए । दुई कम्पनीको व्यवसायीक साझेदारी पछि युवाहरुबीच अत्यन्त लोकप्रिय बन्न सफल भएको Escorts RX-100 को सफलता पछि YAMAHA Escorts ब्राण्डका मोटरसाइकल नेपाल लगायतका देशहरुको सडकमा देखिन थालेको हो ।

यस सफलताबाट हौसिएर YAMAHA जापानले १९९६ मा Escorts कम्पनीमा लगानी अभिवृद्धि गर्दे ५० प्रतिशत सेयर खरिद गरेको थियो । त्यसपछि १०० प्रतिशतमा पुर्‍याएपछि पूर्णरुमा जापानीज प्रविधिमा आधारित मोटरसाइकल भारतमा उत्पादन सुरु भएको थियो । संयोगले YAMAHA ब्राण्ड भारत–जापान बिचको संयुक्त लगानीको सफल उदाहरण बनेको छ । अनि YAMAHA ब्राण्डका मोटरसाइकल भारतमा उत्पादन सुरु भएको थियो ।

हाल भारतको दिल्ली फरिदाबाद (हरियाण) सुरजपुर (उत्तर प्रदेश) तथा कान्चीपुरम (तामिलनाडु) सहित तीन स्थानबाट YAMAHA को दैनिक ५००० थान बाइक तथा स्कुटर उत्पादन हुने गर्दछ । यो सहित विश्वका ३१ देशमा समेत उत्पादन हुने YAMAHA मोटरसाइकलको दक्षिण एसिया सहित विश्वभर निर्यात हुने गर्दछ ।

YAMAHA

नेपालको परिपेक्षमा हिजो १२५ सी.सीका मोटरसाइकल लोकप्रिय बनेको थियो । आज YAMAHA को परिमार्जित प्रविधि स्पिड र माइलेजका कारण १५०–१६० सी.सीका मोटरसाइकलमा उपभोक्ताको आकर्षण बढ्न थालेको छ । नेपालीहरूको खरिद क्षमतामा पछिल्ला दिनमा सुधार आएसँगै उपयुक्त मूल्यले समेत YAMAHA तर्फ ग्राहक आकर्षणमा वृद्धि हुँदै बजार आकार फराकिलो बन्दै गएको हो ।

मोटरसाइकल तर्फ R1 देखि SALUTO सम्म ९ प्रकारका आकर्षक मोडल उपल्बध भएको छ । अर्कोतर्फ YAMAHA का १५० सी.सीका स्कुटरले समेत बजार तताएको छ । स्कुटरका FASCINO सहित उत्कृष्ट ६ डिजाइनका मोडल नेपाल भित्रिएको छ ।

वातावरण मैत्री कम इन्धन खपतमा उच्च माइलेज दिने फयुल इन्जेक्टेड सिस्टम FI प्रविधि पहिलो पटक YAMAHA ले प्रयोगमा ल्याउन सफल भएको हो । इन्जिनलाई आवश्यक पर्ने इन्धन मात्र आपूर्ति हुने प्रविधिबाट YAMAHA का प्रत्येक मोडलले उच्च माइलेज दिने गर्दछ ।

स्कुटरले समेत काठमाडौँ सडकमा ५० किलोमिटरको माइलेज दिने गर्दछ । भारतमा उत्पादन गरिएका YAMAHA का इन्जिनमा सय प्रतिशत जापानीज प्रविधिमा प्रयोग गरिएको छ । किनकि  YAMAHA जापानका अटो इंजीनियरहरुको प्रत्यक्ष निगरानीमा उत्पादन तथा प्राविधिक परीक्षण पछि मात्र बजार पठाइने गरिन्छ । यसबाट गुणस्तर नियन्त्रण कायम भई लाखौँ सन्तुष्ट ग्राहक बिच ब्रान्डले विशेष स्थान बनाउन सफल भएको छ ।

YAMAHA

नेपालमा YAMAHA को २ स्ट्रोक RX-100 पछि ४ स्ट्रोक प्रविधिका YBX मोडल भित्रिएको थियो । उपभोक्ताले आजसम्म RX-100 बिर्सिएका छैनन्,जसले बढी इन्धन खपत गर्दथ्यो । तर प्रविधि रूपान्तरणले यही ब्रान्डका ४ स्ट्रोक मोटरसाइकल तथा स्कुटरको बजार फराकिलो बन्दै गएको छ ।

मोटरसाइकल तथा स्कुटर दुबैमा उच्च माइलेजका कारण पछिल्ला दिनमा १६० सी.सीका स्कुटरमा ग्राहक आकर्षण वृद्धि हुँदै गएको छ । अर्कोतर्फ १६० सी.सी देखी १८० सी.सीका उच्च क्षमता भएका YAMAHA मोटरसाइकलको माइलेज उत्कृष्ट भएको प्रयोगकर्ताहरू बताउँछन् ।

YAMAHA ले सबै वर्ग उमेरलाई सुहाउँदो स्कुटर र मोटरसाइकल उपल्बध गर्दे आएको छ । उता स्कुटरको प्रयोग छोटो दुरीको सपिङमा सहज हुँदै गएकोले नेपालका प्रमुख शहरमा पछिल्ला दिनमा स्कुटरको बजार फराकिलो बन्दै गएको छ । व्यक्तिगत गाडी भएका परिवारमा समेत एक थान स्कुटर राख्ने फेसन चलेको छ ।

RX-100 

हाल  YAMAHA का स्कुटर र मोटरसाइकलको बजार ५०–५० प्रतिशतले साझेदारी गरिएको छ । मोटरसाइकल प्रयोगकर्ताको सख्ंया करिब १५ लाख पुगिसकेको छ । स्कुटरतर्फ हाल सम्म ५ लाख ग्राहक नेपालमा रहेको गत आ.व को तथ्याङले देखाएको छ ।

काठमाडौँ केन्द्रित डिलरहरूबाट नेपाल भित्रिने YAMAHA मोटरसाइकलको बिक्रीमा ५५ प्रतिशत साझेदारी हुने गरेको थियो । तर ग्रामिण क्षेत्रमा सडक सञ्जालको बिस्तारले जिल्ला स्तरको बिक्री ६५ प्रतिशत पुगेको छ ।

शोरुम

विश्वभर त्रास फैलिएको कोरोना भाइरसबाट बच्न सार्वजनिक सवारी साधनको प्रयोगमा कमी आएसंगै व्यक्तिगत सवारी साधनका मोटरसाइकलको प्रयोगमा वृद्धि हुंदै गएको छ । त्यसतै लकडाउन केहि खुकुलो हुंदा जोर–बिजोर प्रणाली सरकारले लागु गरेकोले समेत दुई पाङग्रे सवारी साधनको प्रयोगकर्ता सख्ंयामा हवात्तै वृद्धि भएको हो । प्रयोगतर्काहरुको सुविधाका लागि नेपालभर थ्ब्ःब्ज्ब् का ८५ डिलर मार्फत बजार माग आपूर्ति हुंदै १२५ आधिकारीक सर्भिस सेन्टर मार्फत ग्राहक सेवा उपल्वध भएको छ ।

तपाईको प्रतिक्रिया