शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

नेपाली सूचना प्रविधि विज्ञ तथा समाजसेवी राकेश जोशीले अस्ट्रेलिया एनआरएनए चुनावमा भोलि शनिवार अर्थात् ३१ जुलाईमा हुन गइरहेको चुनावमा जोशीले सहसचिव पदमा उम्मेदवारी दिएका छन् । उनका अनुसार  समाजसेवा होस वा राजनीति जहाँ युवाको संलग्नता हुन्छ, त्यो सफल हुने गर्दछ , त्यो चाहे स्वदेशमा होस वा विदेशमा ।

अझ राजनीतिमा युवाको संलग्नताले राजनीतिलाई थप उँचाइमा पुग्न सहयोगी हुने गर्दछ । त्यही  उँचाइ हासिल गर्नका लागि एनआरएनए अस्ट्रेलियाको चुनावमा एनएसडब्लुको प्रदेश सहसचिवको पदका लागि उम्मेदवारी दिएको जोशी बताउंछन । तर यो चुनाव कोभिड १९ को प्रकोपले गर्दा अनलाइन मार्फत हुने भएको छ ।

उनले यस अघि अस्ट्रेलियामा अप्ठयारोमा परेका नेपाली बिध्यार्थीहरुलाई परेका विभिन्न समस्याहरूमा सहयोगी हात बन्दै आएका छन् । समाजसेवी राकेश जोशी सबै एनआरएनए अस्ट्रेलियाका लागि परिचित नाम हो । विभिन्न सामाजिक काममा संलग्न जोशीले सन् २०१४ देखि अस्ट्रेलियामा सूचना प्रविधि क्षेत्रमा संलग्न भई  विभिन्न इभेन्ट समेत आयोजना गर्दै आइरहेका छन् ।

उनीले भूकम्प, भूकम्पको रिकभरी, कोभिड महामारी र नेपालमा भइरहेको बाढी, पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपका बेला समुदाय र सामाजिक कार्यहरूमा संलग्न हुँदै आएकाछन् । उनी लामो समय देखि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा समेत जोशी संलग्न छन् । उनले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको स्वास्थ्य समस्यामा सहजकारी भूमिका निर्वाह गर्दे आइरहेका छन् । त्यस्तै आप्रवासी विद्यार्थीहरूका  शिक्षा क्षेत्रमा आइपर्ने समस्या समाधानमा लागि परेका छन् ।

उनका इभेन्टहरूमा स्थानीय सासंदहरु समेतको संलग्नता देखिन्छ । जसले अस्ट्रेलिया र नेपाल बिचको मैत्री सम्बन्ध बलियो बनाउन मद्दत पुर्‍याएको छ । युवा उद्यमशीलत, अस्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुवैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने गरेका छन् ।

मुख्यतः नेपाली समुदायमा केन्द्रित, अस्ट्रेलियामा नेपालीहरूलाई ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्‍याउन राम्रो मार्गदर्शन प्रदान गर्दे, दोस्रो पुस्ताका नेपालीलाई त्यहाँ नेपाल र नेपाली संस्कृतिहरूको साथ सामाजिक कार्यक्रमहरू आयोजना गरी दुई देशलाई नजिक ल्याउन योगदान गर्ने उनको लक्ष्य छ ।  अस्ट्रेलियामा सामाजिक संगठनको साथ काम गर्ने, सहित संगठनात्मक र समुदायको लागि आफ्नो कार्यकालको अवधिमा काम गर्ने प्रतिबद्धताहरू जनाएका छन् ।

तपाईको प्रतिक्रिया