शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021
फ्रेट फरवार्डसहरुको छाता संस्था नेपाल फ्रेट फरवार्डस संघ (नेफा) ले प्रत्येक वर्षको २९ जुलाईमा कार्गो दिवस मनाउँदै आएको छ । उक्त कार्यक्रम संघका संस्थापक अध्यक्ष रविन्द्र मान सिंह प्रधानबाट दीप प्रज्वलन गरी औपचारिक रूपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष मनोज अधिकारीले कार्गो व्यवसायको व्यवसायीक क्षमता अभिवृद्धि र विश्वभर
मनोज अधिकारी अध्यक्ष,नेफा
 फैलिएको महामारीको बिच नेपाली लजिष्टक क्षेत्रलाई जोगाई राख्न कार्गो व्यवसायी तथा एयरलाईन्सहरुले एक अर्काको साथ र सहयोग अपरिहार्य रहेको बताए ।
संघका निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्कीले कार्गो सेवा अभिवृद्धि गर्नका लागि संघ, एयरलाइन्स र रेल सेवा प्रदायकहरूबिच सुमधुर सम्बन्ध रहेको र कोरोनाका कारण धराशायी भएको कार्गो क्षेत्र चलायमान बनाउन तीन वटै क्षेत्रबिच हातेमालो आवश्यक रहेको बताए ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक डिम प्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।
प्रकाश सिंह कार्की निवर्तमान अध्यक्ष,नेफा
नेफा वार्षिक अवार्ड, सदस्य तर्फ संघको सदस्य कम्पनी इमेज एयर एण्ड सी फ्रेट कम्पनीका प्रबन्ध निर्देशक रुस्तम लाल श्रेष्ठलाई ३८ वर्ष सम्म कार्गो क्षेत्रमा कार्यरत गरेकोमा सम्मान गरिएको छ ।
उद्घाटन सत्रमा हाईएस्ट कार्गो अपलिफ्ट अवार्ड २०२१ तर्फ कतार एयरलाइन्सलाई प्रथम, नेपाल एयरलाइन्सलाई द्धितीय र क्याथे प्यासिफिक कार्गोलाई तेस्रो स्थानको पुरस्कार दिइएको थियो  छ ।
टर्किस एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाई दुबई, कोरियन एयर, इमिरेट्स स्काई कार्गो, जापान एयरलाइन्स कार्गो तथा रेल सेवातर्फ कन्टेनर कर्पोरेसन अफ इन्डियालाई सर्टिफिकेट अफ एप्रिसियशन प्रदान गरिएको नेफाले जनाएको छ ।

तपाईको प्रतिक्रिया