शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

कोभिड संक्रमण सुरु भए देखि पर्यटन क्षेत्र धराशायी बन्दै गएको छ । नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन स्थापित भएको चीन–नेपालको संयुक्त लगानीको हिमालय एयरलाइन्सका उच्च पदाधिकारीबाट यात्रु टिकटको सेटिङ गर्दे करोडौँ लुट मच्चाएको बिजनेस वर्ल्ड अनलाइनलाई हिमालय एयरलाइन्सका यात्रु वर्गले जानकारी गराएका छन् ।

हिमालय एअरले गोप्यरुपमा चार्टर उडान सञ्चालन गरी यात्रुहरूबाट तेब्बर भाडा असुल्ने गरेको समाचार सूत्रले बताएको छ ।

गङ्गा बहादुर कुँवर हिमालय एअर मार्फत २२ जुलाईमा दमाम जान लागेका थिए । उनी वैदेशिक रोजगारीमा जान घरबिदा सकेर फर्कन लागेका हुन् । उनको कम्पनीले दोहोरो टिकट समेत उपलब्ध गराएको छ ।

गङ्गा बहादुर कुँवर

उक्त दिनको उडानका लागि हिमालय एअरको टिकट काउन्टरमा पुग्दा उनीसँग एयरलाइन्सले कोभिड–१९ संक्रमणबाट जोगिन २ पटक गरिने पीसीआर परीक्षण तथा क्वारेनटाइन होटेलमा बस्नु पर्ने हुँदा थप १ लाख २० हजार रुपैंया माग गरेपछि उनी छानाबाट खसे, किनकि हिमालय एयरलाइन्समा त्यसरी लुटको धन्दा सुरु भएको उनलाई थाहा थिएन ।

उनी बागलुङबाट तीन दिन अघि तेब्बर गाडी भाडा तिरी काठमाडौँ पसेका हुन् । उनीसँग कोभिड नेगेटिभ परीक्षण रिपोर्ट साथमा छ । घरबाट आउँदा साथैमा ल्याएको पैसा काठमाण्डौको महँगो बसाइले सकिन लागेको उनी बताउँछन् ।

 

दोहोरो टिकट

अर्कोतर्फ कम्पनीबाट दोहोरो टिकट उपलब्ध भएपनि उनीसँग हिमालय एअरले मागेको थप शुल्क जुटाउन नसक्दा उनी दमाम जान नपाएको र हैरानी खेपेको कथा गहभरी आँसु राखी आफ्नो वेदना सुनाएका छन् ।

उनी त एक प्रतिनिधि पात्र मात्र हुन । हिमालय एअर प्रयोग गरी रोजगारमा जान चाहने लाखौँ व्यक्ति यसरी प्रत्येक पाइलामा ठगिँदा समेत मन्त्रालय मौन छ ।

 

 

डा. धन्नजय रेग्मी प्रमुख कार्यकारी अधिकृत नेपाल पर्यटन बोर्ड

रोजगारमा लागि जाने यात्रुसँग टिकटमा हिमालय एअर र बायु सेवा निगमले उच्च मूल्य असुल्ने गरेको देखिएको छ । नागरिक उड्डयन प्राधिकरणले तोकेको टिकट मूल्य अनुसार नेपाली वायुसेवा कम्पनीले सेवा उपलब्ध गराउनु पर्दछ । यी दुवै एयरलाइन्सले यात्रु टिकटमा उच्च मूल्य असुलेको सूचना आएपनि त्यसको नियणत्रणको लागि नागरिक उड्डयन प्राधिकरण जिम्मेवार निकाय हो ।

कोभिड संक्रमण अवधिमा नियमित अन्तर्राष्ट्रिय उडान अवरोध हु नपुगेको मौकामा हिमालय एअरले नेपालका प्रमुख रोजगार गन्तव्यका खाडी मुलुकका लागि चार्टर उडान अनुमति पाएको छ । कम्पनीले मासिक ८–१० वटासम्म चार्टर उडान गर्दछ । हिमालयले यस प्रकारको चार्टर उडानमा १८० इकोनोमी क्लास सिट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सिट भएको एक एअरबस् ३१९–११५ एअरक्राफ्ट प्रयोग गर्दछ ।

जसको प्रत्येक उडानको टिकट शुल्कमा हवाई भाडा प्याकेज अन्तर्गत कोभिड–१९ संक्रमणबाट जोगिन २ पटक गरिने पीसीआर परीक्षण त्यस्तै साउदी अरब सरकारको निर्देशिका अनुसार, यात्रुहरू स्वयं क्वारेनटाइनमा बस्ने अनुमति नभएको र त्यहाँको सरकारले तोकेको क्वारेनटिन होटेलमा बस्नु पर्ने नियम देखाइ करौडौ कमाउने धन्दा सञ्चालनमा छ ।

बिहानै देखि हिमालयको टिकट काउन्टरमा यात्रुको भिड लाग्ने गर्दछ । तर त्यहाँ टिकट सजिलै पाइंदैन् । किनकि कम्पनीको आन्तरिक सेटिङका कारण हिमालयका निकटतम जी.एस.ए हार्भेस्ट मुन ट्राभलमा मात्र टिकट उच्च मूल्यमा उपलब्ध हुने गरेको थप खुलासा भएको छ ।

हिमालयले यात्रु टिकटमा सेटिङ गरी खुलेआम करोडौँ लुट मच्चाउँदा समेत सम्बन्धित मन्त्रालय मौन छ किनकि सायद निकाय पनि सेटिङमा आबद्ध भएको शंका गर्ने ठांउ प्रशस्त छ । हाल हिमालय एयरलाइन्सले अबुधाबी, बेइजिङ, छोड्ंछिडं्, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर रियाधमा उडान सेवा दिइरहेको छ ।

तपाईको प्रतिक्रिया