शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

काठमाडौँ– नेपाल औषधि व्यवसायी संघ केन्द्रीयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नवनियुक्त स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई बधाई दिएका छन् । उक्त अवसरमा केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले सचिव पोखरेललाई बधाई दिँदै , व्यवसायी र सरकार बिच सुमधुर समवन्ध विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सचिव पोखरेललाई संस्थाको तर्फबाट बधाई एवं कार्यकालको पूर्ण सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघ र स्वास्थ्य मन्त्रालयबिच रहेको सुमधुर सम्बन्ध, आपसी सहयोग एवं सद्भावमा वृद्धि हुँदै जाने साथै स्वास्थ्य क्षेत्रमा एक आयाम थपिनेमा अध्यक्ष श्रेष्ठले अपेक्षा व्यक्त गर्नु भएको थियो । भेटमा कोभिड भ्याक्सिनका साथै समसामयिक समस्याहरूका विषय वस्तुहरूमा छलफल भएको जनाइएको छ ।

कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार खण्डेवाल, केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, केन्द्रीय महासचिव रामचन्द्र शर्मा एवं केन्द्रीय कार्यसमिति सदस्यद्वय मुकुन्दकृष्ण श्रेष्ठ र प्रशान्त मानन्धरको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया