शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

काँग्रेस काठमाडौँ क्षेत्र न ७  को सभापति मुकुन्द रिजालको चलखेलले क्रियाशील सदस्य आउट हुने स्थिति सृजना  भएको छ । नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणमा व्यापक धाँधली भएको बुझिएको छ ।

मनोहरी तिवारी

पार्टीको १३ औ महाधिवेशनमा सक्रिय रहेका कार्यकर्ता को सदस्यता नवीकरणको सट्टा आफू निकट ब्यकतिहरुलाई धमाधम सदस्यता सिफारिस गरिएको सूत्रले  बताएको छ ।  क्षेत्रीय सचिव मनोहरी तिवारीले समेत यसबारे खुलासा गरेका थिए ।

सभापति रिजालले सो वडाबाट सिफारिस गरिएका योग्य नयाँ सदस्यताको नाम हटाई व्यक्तिगत नाफाका लागि आफन्तलाई भरण पोषण हुने उद्देश्यले सिफारिस गरिएको पाइएको छ । उनको चलखेलले चरम सीमा पार गरेको बताइन्छ , यंहासम्म की फारममा एउटा र कम्प्युटर प्रवेष्टीमा फरक व्यक्तिको नाम दर्ता भएको पाइएको छ ।

तारकेश्वर वडा न.३ मा सम्पूर्ण नयाँ क्रियाशील सदस्यता रद्ध गरिएको छ । उक्त वडाबाट सिफरीसका लागि  १९६ सदस्यहरू पठाइएको थियो ।

हटाइएका पुराना २८ क्रियाशील सदस्य

तर रिजालले सदस्यहरूलाई गुमराहमा पार्दे सदस्यता फारम वितरणमा समेत पक्षपात भएको बुझिएको छ । उनले १९६ फारम मध्ये इकाई सभापतिका पक्षधर ४८ फारम मात्र स्वीकृत गरेका थिए, यतीले मात्र नपुगी बचेका फारम रद्धिको टोकरीमा फाले । यो त् सरासर अवैधानिक कार्य भएको तिवारीले आक्रोश पोखेका छन् ।

स्मरण रहोस् ता.न.पा वडा .३ .मा क्षेत्र र जिल्ला सभापतिको कारणले पुराना २८ क्रियाशील सदस्यलाई हटाइयो । यस कपटी खेलका विभीषण को हुन त्यो खोज्नुपर्ने सम्पूर्ण काँग्रेस पक्षधरमा प्रश्न उठेको छ ।

सभापति मुकुन्द रिजालले वडा इकाईमा आबद्ध रहेका सभापतिबाट आफ्ना प्यानलका सदस्यको  फारमलाई प्राथमिकताका साथ  स्वीकृत गराई केन्द्रमा पठाएका छन् ।  वडा न ३ बाट सिफारिस गरिएका १५८ जनाको शुल्क सहितको  फारम स्वीकृत नगरिएकोले रिजालको चलखेलमा बाह्य शक्ति हाबी भएको तिवारीले शंका व्यक्त गरेका छन् । किनकि सो १५८ व्यक्तिबाट जनही ४०० रुपैंयाका दरले जम्मा भएको रु.६३ हजार २ सय रकमको हरहिसाब गायब भएको तिवारीले प्रश्न तेर्साएका छन् ।

मुकुन्द रिजाल

सो रकममा जिल्ला सभापति , क्षेत्रीय सभापति र इकाई सभापतिको  मिलेमतोमा जालसाजी गरिएको बुझिएको छ । जुन राजनीति तथा पदको आडमा अवैध काम भएको वडा न ३ का  उप–सभापति बलराम पुडासैनी , वडा न ४ का उप –सभापति शिव राम श्रेष्ठ तथा नागार्जुन नगरपालिका वडा न १ का इकाई सभापति प्रचण्ड शाह वडा न. २ का सचिव सुरेन्द्र थेबे, वडा न. ३ का इकाई सभापति धन बहादुर श्रेष्ठ लगायतको वडा पिच्छे हस्ताक्षर सहितको उजुरी परिसकेको छ । यस विषयमा हालसम्म कुनै सुनवाइ नभए पछि केन्द्रीय छानबिन समितिमा प्रदेश सभापति तिवारीले निवेदन हालेको बताउँछन् ।

केन्द्रीय छानबिन समितिका सदस्य द्वय प्रदीप पौड्याल र श्याम कुमार घिमिरे समक्ष पटक पटक अनुरोध गरिसकिएको छ । तर उही प्रकृतिका उजुरीमा अलग अलग निर्णय भई ,विधान विपरीत भएको कार्यलाई स्वीकृत दिने तर विधान सम्मत कामलाई स्वीकृत नदिने प्रवृत्तिले छानबिन समितिबाट पक्षपोषण भई निरीह बनेको तिवारीको दाबी छ ।  यसबारेमा क्षेत्रीय सभापति सँग पटक पटक भएको छलफल पछि उल्टै प्रदेश सभापति माथि बदलाको भावनाले दोषारोपण गरिएको उनले थपे ।

क्षेत्रीय समितिले सदस्यताका  फारम तथा छनौट लगायतमा सचिव मनोहरी तिवारीलाई बाइपास गर्दे सम्पूर्ण दोषारोपण सचिव माथि थुपारी जालझेल गरी प्रदेश सभापतिको सामाजिक प्रतिष्ठा माथि प्रहार गरिएको तिवारीको गुनासो थियो । उनले २०७७ चैत्र ११ गते बुझाएको १५८ व्यक्तिको शुल्क सहितका फारमको प्रतिलिपि समेत उपलब्ध गराएका छन् ।

उक्त संकलीत शुल्क तिवारीले नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति–७, काठमाण्डौमा बुझाउँदा काटिएको नगदी रसिद न.७०६ उनीसँग सुरक्षित रहेको छ ।

रसिद न.७०६

सो सिफारिस गरिएका योग्य १९६ सदस्यका नामावली कांगेसको आधिकारिक वेबसाइटमा देख्न पाइन्छ । जसमा क्षेत्रीय समितिका कोषाध्यक्ष सृजना बुर्लाकोटीको हस्ताक्षर प्रस्ट देखिन्छ ।

यस बाहेक तत्कालीन वडा न. ७ र ८ समायोजन भई बनेको वडा न.३ का इकाई सभापति शारदा प्रसाद अर्याल बिं स २०७२ सालमा सम्पन्न १३ औँ महाधिवेशन ताका वडा.न.८.जीतपुर फेदीका अर्याल सभापति थिए ।

अर्यालको खुराफाती  बिं स २०७४ सालको स्थानीय निर्वाचनमा देखियो । तिनी वडा अध्यक्षका प्रत्याशी मनोहरी तिवारीलाई हराउनका लागि यांहा सम्म तिकडम गरेकी मतदातालाई भ्रमित पार्न आफ्नो निवासमा सूर्य चिन्ह अंकीत झन्डा सम्म राख्न भ्याएका थिए ।

शारदा प्रसाद अर्याल

तिवारीका अनुसार उनी जस्तो बैगुनी व्यक्ति कोही छैन, किनकि उनी आफै काँग्रेसी कार्यकर्ता भईकन त्यही पाटीका उम्मेदवारलाई हराउन हर सम्भव प्रयासमा उत्रिएका थिए ।

अझ रमाइलो पक्ष के हो भने, जीतपुर फेदीका २१७ क्रियाशील सदस्य मध्येबाट २०० जनाको हस्ताक्षर भएको माइन्युटबाट सर्वसम्मत भएका इकाई सभापति बलराम पुडासैनीलाई पाखा लगाई, फेरी २०७७ असोज २ गते केन्द्र«बाट निर्णय गराई आफै टिके  इकाई सभापति बन्न भ्याएका थिए । हालसम्म अर्यालले स्थानीय विकास तथा अन्य प्रयोजनका लागि एउटा बैठक सम्म बोलाउन सकेका छैनन् ।

क्षेत्र.न.७ मा काँग्रेसको बलियो उपस्थितिका लागि क्रियाशील युवा वर्गलाई समेटेन लक्ष्य प्रदेश सभापति तिवारीको छ । उनका अनुसार अर्याल र रिजालको मन्द बुद्धिका कारण उनलाई प्रत्यक्ष राजनीतिबाट हटाउने दाउपेचले त्यस क्षेत्रबाट काँग्रेसको नामनिसान मेटिन सक्ने अनिश्चित भविष्य प्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रदेश सभापतिको कारणले योग्य क्रियाशील सदस्यता रोक्ने मनसाय नभएको , जसले प्राप्त गरे उनीहरूलाई हार्दिक  बधाई तथा स्वागत छ । बाँकी रहेका सदस्यहरूलाई अगामी दिनमा सदस्यता दिनुपर्नेमा उनले जोड दिए ।

तपाईको प्रतिक्रिया