बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

राष्ट्रिय ध्वजा  वाहक तातकालीन शाही नेपाल वायुसेवा निगम सन १९५८मा स्थापित भएको थियो , जसलाई नेपाल वायु सेवा निगम नामकरण गरिएको छ । सरकारी स्वामित्वमा रहेको यो निगमलाई जिउँदो राख्ने विभिन्न उपाय मध्ये निजीकरण एकमात्र उपाय बचेको छ ।

निगमको घाटा उच्च हुँदै गएपछि बन्द गर्नु वा निजीकरणमा लैजाने बाहेकको उपाय छैन । कोरोना संक्रमणका कारण प¥पर्यटन क्षेत्र थलिए पछि संक्रमणबाट थलिएको निगमको चा.लु आवमा ५ अर्ब घाटा भएको बताइएको छ । निगमको अन्तर्देशीय उडान ७३ प्रतिशतले गिरावट आएको छ, भने अन्तर्राष्ट्रिय तर्फ ८६ प्रतिशतले घटेको निगमको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । निगम स्थापना काल देखिनै घाटामा सञ्चालित छ । निगमको वित्तीय ऋण हाल सम्म करिब ४७ अर्ब पुगी सकेको छ ।

निगमले चीनसँग ए–३२०–२०० दुई थान र ए–३३०–२०० दुई थान खरिद गरेपछि घाटा थप उच्च हुँदै गएको हो । निगमलाई जिउँदो राख्न सरकारबाट निगमले लिएका विभिन्न ऋण छुट गर्दे हालसम्म ३१ अर्ब ऋण छुट पाइसकेको छ । सरकारकोलागि निगम महँगो सेतो हात्ती साबित भएको छ ।
निगमले सञ्चालन घाटा कम गर्न केही अघि लुफ्थान्साको व्यवस्थापनलाई  भित्र्याउन खोजे पनि राजनीतिक हस्तक्षेप र कर्मचारीको आन्तरिक दबाबले सफल हुन सकेन । राजनीतिक हस्तक्षेप  न्यूनगर्दे निगमलाई जिउँदो राख्न निजीकरणको एक मात्र उपाय छ , नभए निगम इतिहासको पानामा सीमित रहने छ ।

तपाईको प्रतिक्रिया