बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

नाङ्लो रेस्टुरेन्टका संस्थापक एवं पर्यटन व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । कक्षपतिको थाइल्यान्डको बैंकक स्थित ब्रुमरुमुनगार्ड अस्पतालमा सोमबार दिउँसो उपचारको क्रममा भएको परिवार स्रोतले जनाएको छ ।

कक्षपति हानका पूर्वअध्यक्ष हुनुहुन्थ्यो । नेपालमा पहिलो पटक क्याफे संस्कार भित्र्याउने कक्षपति नाग्लो समूहका संस्थापक हुनुहुन्थ्यो ।

बेकरी क्याफे चेन रेस्टुराँ खोलेर ममःलाई ब्राण्डिङ गर्ने उहाँ लामो समयदेखि मुखको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । कक्षपतिले दरबारमार्गमा ४५ वर्षअघि नाङ्ग्लो सुरु गरेका थिए ।
करिब दुई महिना अगाडि उपचारका लागि उहाँलाई बैंककको अस्पतालमा भर्ना गरिएको थियो । तर, अचानक भएको उहाँको निधनको खबरले सिंगो पर्यटन क्षेत्र स्तब्ध छ ।

नाङ्लो

दिवंगत कक्षपति शुभतारा स्कुलका संस्थापक समेत हुनुहुन्थ्यो । कोभिडका कारण स्कुल सञ्चालनमा समस्या थपिएपछि उहाँले शुभतारा स्कुल बन्द गर्ने निर्णय गर्नुभएको थियो । कक्षपतिका पत्नी सहित एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया