बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

सरकारले हालै भारतबाट आयात हुने सबै खाद्य वस्तुमा शुध्ताको ल्याब सहित प्लान्ट  रिपोर्टलाई अनिवार्य अनलाइन गरेको छ । अनलाइनमा उक्त खाद्य पदार्थको सम्पूर्ण सूचना दिएपछि नियमानुसार जेनेरेट भएको  फारम भरेपछि मात्र सो सामान भन्सार जांचपास  हुने  नयाँ नियम लागु गरिएको छ ।

भारतबाट अखाद्य तथा म्याद गुज्रेका खाद्य वस्तु नेपाल आउने गरेको गुनासो बढेपछि यस्तो नियम लागु गरिएको जनाइएको छ ।

यस नियमका कारण भारतबाट खाद्य वस्तु बोकी नेपाल भित्रिन तयार रहेका विभिन्न नाकामा हजारौँ मालवाहक गाडी रोकिएको छ । भारत तर्फका गाडी नेपाल प्रवेश गर्न नपाएर सुनौली देखी नौतनवा सम्म लामो लाइन लागेको छ ।

भारत तथा विदेशबाट भित्रिने चामल, गहुँ, खाने तेल ,माल्ट लगायतका सबै खाद्य वस्तुमा यही नियम लागु गरिएको छ । यस प्रकारका  रिपोर्ट पहिले म्यानुअल हुने गर्दथ्यो । उत्पादनकर्ता वा आयातकर्ताले उपलब्ध गराएको  रिपोर्ट मिलेपछि मात्र सामान नेपालतर्फ भित्रिने गर्दथ्यो  । तर नेपालले अचानक ल्याब तथा प्लान्ट  रिपोर्ट अनलाइन गरिएपछि समस्या उत्पन्न भएको हो ।

भारततर्फका क्लियरिङ एजेन्टका अनुसार यस्तो   रिपोर्टलाई नेपालले अनलाइन गरिएको समयमा जानकारी गराउनु पर्दछ । विदेशी खाद्य वस्तु उत्पादनकर्ता र नेपालतर्फका आयातकर्तालाई सरकारले यसको जानकारी समयमा नदिँदा,स्थानीय क्लियरिङ एजेन्टले दुःख पाएको भारतीय एजेन्ट विक्की श्रीवास्तव बत्ताउँछन् ।

करिब तीन दिन देखी सामान बोकेका गाडीहरू विभिन्न नाकाहरूमा अडकीएको बताइएको छ । हाल आएर गुणस्तर प्रमाणीकरणलाई अनिवार्य अनलाइन गरिएपछि गाडी पास हुन नसकेको बताइएको छ ।
भारतबाट आयात हुने मसलामा पहिले ल्याब तथा प्लान्ट  रिपोर्टको आवश्यकता पर्दैनथ्यो । स्पाइसेस बोर्ड भारतको सर्टिफिकेटलाई नेपालले मान्यता दिँदै आएकोमा , भारतीय उत्पादनकर्ताबाटै प्लान्ट तथा ल्याब  रिपोर्टलाई अनिवार्य गरिएको छ ।

भारतबाट नेपाल भित्रिने सुनौली सहित खनुवा, बढ़नी, रुपडीया, रक्सौल, विराटनगरका सबै नाका भन्सार नाकामा यही नियम लागु गरिएको छ ।

तपाईको प्रतिक्रिया