शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगम मार्गमा खोलेको जनाएको छ । यस नयाँ शोरुमबाट बाइक खरिदमा ग्राहकलाई १५हजार रुपैयाँ छुट सुविधा उपलब्ध गराइएको छ । कृष्ण इन्टरनेशनलका प्रबन्ध निर्देशक अमर राजकर्णिकारले शोरुमको शुक्रवार एक कार्यक्रम बिच उद्घाटन गरेका हुन् । बनेपामा हाउजेको डिलरसीप लिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट समूहले बिक्री तथा  स्पेयर्स पार्टस र सर्भिस सेन्टर समेतको सुविधा ग्राहकलाई उपलब्ध गराउन सुरु गरेको बताइएको छ ।

शोरुम उद्घाटनका क्रममा ३ जना हाउजेका ग्राहकलाई चाबी समेत हस्तान्तरण गरिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले जानकारी दिएका छन् ।  बनेपा तथा आस पासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले व्यक्त गरेका छन् । बिक्री पछिको मर्मत सम्भार सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान सुरु गरिएको छ ।

हाउजेका ३ ग्राहक र बिचमा अमर राजकर्णिकार

 

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरू नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम तथा  सर्भिस सेन्टर र पार्ट्स सहितका डिलरहरू विस्तारलाई तीव्र गतिमा अघि बढाएको छ ।  डर्ट सेगमेन्टका सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको कम्पनीले जनाएको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जति सुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दाबी छ । इन्जिनमा २ वर्ष वारेन्टी  सहित ६ पटक फ्रि–सर्भिस उपलब्ध  गराइएको छ । भने पार्टस् समेत सर्व सुलभ मूल्यमा उपलब्ध गराइएको छ ।

काठमाडौँको कमल पोखरी स्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम सहित उपत्यकाको टेकु, नयाँ बजार र चाबहिलमा हाउजेको शोरुम सञ्चालनमा छन् ।त्यस्तै उपत्यका बाहिर चितवन, हेटौँडा, पोखरा, इलाम र संखुवासभाका शोरुमबाट ग्राहकलाई सेवा उपलब्ध गराइएको छ।

तपाईको प्रतिक्रिया