बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

माधब बराल
कार्यकारी निर्देशक
बिन्दबासिनी लजेष्टीक प्रा.लि

बिन्दबासिनी लजेष्टीकले बिगत २ दशक देखी पारवहनलाई सहजीकरण गर्दे आएको छ । यहि समुह अन्तर्गतको प्रिसटिना र पोल्ट्री क्षेत्रका अग्रणी कम्पनी भ्याली फिडको व्यवसायीक सहकार्यबाट सञ्चालनमा आएको प्रिसटिना भ्याली ड्राइपोर्ट बिरगञ्ज संचालित भएको छ । कम्पनीले नेपाल इन्टरमोडल यातायात विकास समितिले राखेका सर्त पालना गर्दे प्रिस्टीना भ्यालीले ड्राइपोर्ट सञ्चालन अनुमती पाएको हो । पछिल्ला दिनमा माल वाहक कन्टेनर हयाण्डीलीङ सहज हुंदै गएको छ ।

ड्राइपोटको सेवा तथा सुविधा सरकारले तोकेको दररेटमा उपलब्ध गराइएको छ । प्रिसटिना भ्यालीले ड्राइपोर्ट सञ्चालन अघिको दररेट र हालको शुल्क अनुपातलाई गणीतीय हिसाबले हेरीनु पर्दछ । अर्कोतर्फ ड्राइपोर्टको सेवा तथा सुविधामा अभिवृद्धि गरिएको छ ।

प्रिसटिना  भ्यालीले सेवाग्राहीका सुविधाका लागि कन्टेनर किल्यरीङ समेत गरिदिएका छन् । जबकी सामान बोकेका कन्टेनर किल्यरीङको जिम्मेवार निकाय भन्सार विभाग हो । सुख्खा बन्दरगाहामा सामान आएपछि २० फुट कन्टेनरको प्रतिदिन ४१३ रुपैया शुल्क तोकिएको छ । त्यस्तै ४० फुटको ८ हजार ८ सय ३३ रहेकोमा कन्टेनर आएको ३ दिनभित्र किल्यरीङ भएमा अतीरक्ति शुल्क लाग्दैन ।

सुख्खा बन्दरगाहामा सोही कन्टेनर ४ देखी ६ दिनसम्म रोकिए ४८ रुपैया प्रति मे.ट अतीरीक्त शुल्क लाग्दछ । कन्टेनर किल्यरीङमा ११ देखी ३० दिनसम्म लागे ६० रुपैया र त्यसपछिका दिनमा ११० रुपैया प्रति मे.ट सामानमा शुल्क तोकिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिसंगको सम्झौतामाका सर्तमा यसअघिका ड्राइपोर्ट सञ्चालक हिमालयन टर्मिनलको दर भन्दा १० प्रतिशत महंगो हुनुपर्ने वाध्यकारी नियम राखिएको थियो । सरकारी सम्पूर्ण नियम पालना सहित ३३० करोडको लगानी पछि मात्र प्रिसटिना भ्यालीले ५ वर्षको लागि ड्राइपोर्ट सञ्चालन अनुमती पाएको हो ।

कोभिड संक्रमण सुरु पछिका दिनमा लकडाउनका कारण बजारमा वस्तुको खपत घटन थालेको छ । औद्योगीक कच्चा पदार्थ तथा तैयारी वस्तुको आयात समेत घटेको छ । कोभिड अघि मासिक ७० वटासम्म सामान बोकेका कन्टेनर बोकेका  र्‍याक आउने गरेकोमा हाल ५० को सख्ंयामा झरीसकेको छ ।

सिपिङ

स्थानीय स्तरका उद्योगकालाई आवश्यक कच्चा पदार्थको आयातमा कमी आउन थालेपछि यसतर्फ गरिएको उच्च लगानीबाट प्रतिफल पाउन चुनौती थपिएको छ । अर्कोतर्फ पानीजहाज कम्पनीका कन्टेनर बुकिङ पाउन कोभिड पछिका दिनमा समस्या देखिएसंगै साघुंरीदै गएको नेपालको अन्तराष्ट्रिय वाणिज्यले राज्यको भन्सार राजस्व संकलनमा समेत असर परेको देखिएको छ ।

प्रिसटिना भ्यालील ड्राइपोर्टमा बिन्दबासिनी लजेष्टीकको प्राविधिक सहकार्यले विश्वभरका सिपिङ कम्पनीहरुसंग समन्वयगरी सामान आयात–निर्यातका लागि कन्टेनर हयानडीलीङ गरिदै आएको छ । सिपिङ कम्पनीका कन्टेनर भाडामा यदाकदा अत्याधिक बिल्मब शुल्क लाग्ने गर्नाले आयातकर्ता तथा फ्रेट कम्पनी समस्यामा पर्ने गरेका केहि अदाहरणहरु छन् । नेपाली फ्रेट कम्पनीले कन्टेनर राखी सेवा उपलब्ध गराउन सक्छन् । तर त्यसतर्फ हुने उच्च लगानीबाट हाल आयात हुने वार्षिक ७००० कन्टेनरबाट प्रतिफल प्राप्त हुन सक्दैन् ।

अन्तराष्ट्रिय वाणिज्य तथा पारावहनलाई सहजीकरण गर्ने क्रममा सरकारले काठमाण्डौको चोभारमा निमार्णधिन सुख्खा बन्दरगाहा सञ्चालनमा आएपछि कन्टेनरमा लाग्दै आएको बिलम्ब शुल्कको समस्या सामाधान हुने आस गर्न सकिन्छ । हाल सामान आयातको प्रतीतपत्र खुल्दा सी.आइ.एफ बिरगञ्जका लागि जारीहुंदै आएकोमा चोभारको सुख्खा बन्दरगाहा सञ्चालन पछि त्यस प्रकारका प्रतीतपत्रमा सी.आइ.एफ काठमाण्डौ समावेस गरीएपछि सिपिङ कम्पनीहरुले आयात भएका कन्टेनर काठमाण्डौसम्म पुर्याइदिनेछन ।

यसवाहेक सिपिङ कम्पनीहरुले सुरु गरेको डोर टु डोर सेवाले उद्योगले आयात गरेका कच्चा पर्दाथ गन्तव्यको पोर्ट देखि उद्योगको गोदाम सम्म कन्टेनर आइपुग्ने सेवाले समेत वाणिज्यको लागत कमहुन सहयोगी बनेको छ ।

अन्तराष्ट्रिय वाणिज्यको लागत घटाउने दिर्घकालीन निती सरकारी निकायले लिन आवश्यक छ । सरकारी निर्देशनको पालना हुदै बिन्दबासिनी समुहको व्यवसायीक एकीयवद्धताले सुरु भएको प्रिसटिना भ्याली डाइपोर्टबाट सञ्चालन खर्च उठाउन हम्मे भएको बेलामा ड्राइपोर्टले उच्च नाफा कमाएको आरोपमा कुनै सत्यता छैन् ।

तपाईको प्रतिक्रिया