शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तरसकारी वातावरणीय परिवर्तन प्यानलले प्रस्तुत गरेको वातावरण विनाश जोगाउनमा सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने सुझाव पेस गरिएको छ । यस समूहमा नेपाल सहित विश्वका १९५ राष्ट्रले सहभागिता जनाएका छन् । नेपालको वातावरण विनाश र त्यसलाई जोगाउने उपायका बारेमा वरिष्ठ वातावरण विशेषज्ञ डा. भुपेष अधिकारीले रिर्पोट पेस गरेका छन् ।

विश्वका सयौँ वातावरण वैज्ञानिकहरूले दुई वर्ष समय लगाएर गरिएको उक्त वातावरण सम्बन्धी रिर्पोट ४००० पृष्ठको छ । यो रिर्पोट बेलायतको ग्लासकोमा सन २०२० को नोभेम्बरको ९ देखि १९ सम्म चलेको २६ औ वातावरणीय सम्मेलन सुरु हुन तीन महिना अघि पेस गरिएको थियो ।

मानिसले प्रकृतिको अत्यधिक दोहन गर्दा हाल विश्वमा भुक्ष्य लगायतका प्राकृतिक विनाश सुरु भएको उक्त रिर्पोटमा जनाइएको छ । अझ नेपालको प्राकृतिक विनाश झन् आपत्कालीन अवस्थामा आइपुगेको बताइएको छ । नेपालको हिमशृङ्खलाका कारण हालसम्म पानीको अभाव नभएको हो । वातावरणीय तापक्रम वृद्धिले त्यही हिमाल पग्लन सुरु भएपछि माटो नमी र पानीका श्रोत तथा जैविक विविधतामा प्रत्यक्ष असर पर्न गएको छ ।

तापक्रम वृद्धि

विश्वको तापक्रममा वृद्धि हुँदै गएपछि माटोमा पाइने प्राकृतिक नमी कमहुंदै गएकोले त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा पर्न थालेको छ । अति वर्ष वा कम वर्षाले माटोको रंग समेत पहेँलो हुँदै गएको छ । उच्च तापक्रम वृद्धिले माटोमा पाइने पानीको वाष्पीकरण भई सुख्खा हुने गर्दछ । यसबाट विभिन्न प्रकारका जीवाणु उत्पन्न भई विभिन्न प्रकारका रोगहरू देखाइपर्नेछ ।

सन १९७१ यता समुद्री सतह साधारण भन्दा ५० प्रतिशतले माथि उडन थालेको छ । उच्च तापक्रमका कारण सन २०१८ पछि हिमनदिहरु पग्लिन थालेका छन् । माटोको उर्वरा शक्तिमा हिमनदिहरुले २२ प्रतिशत साझेदार गर्दछन्, त्यस्तै बरफका परत र  हिमश्रृंखलाहरुले माटोमा जम्मा हुने पानीको श्रोतमा ८ प्रतिशत साझेदार हुने गर्दछन् । उच्च तापक्रमबाट यी श्रोतहरू सुक्न गई मानवजिवनलाई आवश्यकपर्ने कृषि उपजको उत्पादनमा प्रत्यक्ष असर पर्ने निश्चित छ । सन २००६ पछि नेपालका हिमनदिहरु पग्लिन गति झन् उच्च हुँदै गएको उक्त रिर्पोटमा उल्लेख गरिएको छ ।

सन १८५० देखि १९०० को अवधिमा विश्व जलवायु तापमानमा उच्च परिवर्तन आउन थालेपछि पृथ्वीको हरित कण क्षय हुन थालेको वैज्ञानिकहरूले बताउँदै आएका छन् । तर सन २०१९ को अन्ततिर देखिएको कोभिड १९ का कारण विश्वभर भएको लकडाउनका कारण जलवायु प्रदूषण केही कम हुन गएको छ । तर हावामा अक्सिजनको दाँजोमा  कार्बन डाइअक्साइडको प्रतिशत थप बाक्लो हुंदैजानु भयावह स्थितिको सृजना हुनु हो ।

सन १९८० पछि दक्षिण एसिया तथा नेपालको मनसुनी वर्षा उच्च हुँदै गएको भनिएको छ । जसकारण भूक्षय,बाढी तथा अन्य प्राकृतिक प्रकोपको सामना गर्नु परेको छ  । नेपालको वातावरणको तापक्रम प्रत्येक वर्ष १ डिग्री सेल्सियसले वृद्धिहुदै गएको छ । तर हिमालय पर्वत हिमशृङ्खलाको तापक्रम १.८ देखि २.२ डिग्री सेल्सियससम्म वृद्धि हुने बताइएको छ । अझ डरलाग्दो विषय त यस शताब्दीको अन्तसम्म नेपालका हिमालयको तापक्रम ५.७ प्रतिशतले वृद्धिभई दुई तिहाइ स्थायी हिमाल पानीमा बदलिने छ । यसबाट नेपाल,भारत,चीन तथा बंगालादेशमा रहेका १ अर्ब मानिसको जनजीवन प्रभावित हुने बताइएको छ ।

हिमशृङ्खला

यस भयावह स्थितिबाट बच्ने उपाय मध्ये  कार्बन डाइअक्साइड उत्सर्जन नगर्ने प्रकारका उद्योगको स्थापना हुनु आवश्यक देखिए पनि चीनले आफ्नो औद्योगीकरणमा यस सिद्धान्तलाई पालना गरेको छैन । नेपालमा औद्योगीकरणको गति उच्च नभएकोले वातावरणलाई क्षति पुग्ने कार्बन डाइअक्साइड उत्सर्जन अन्य देशको तुलनामा कम छ , तर हिमालय पर्वतमा बढेको तापक्रमले आपत्कालीन अवस्था सृजना गरेको छ । नेपालले गत वर्ष संयुक्त राष्ट्रसंघलाई सन २०५० सम्म हावाबाट हुने प्रदूषणलाई नियणत्रणका लागि विद्युतीय सवारी साधन मात्र प्रयोय गरिने जनाएको थियो । किनकि नेपालमा प्रत्येक वर्ष प्रदूषणका कारण ४००० व्यक्तिको मृत्यु हुने गरेको पाइएको छ । यसका लागि बनबिनालाई नियन्त्रण गर्नुपर्ने उक्त रिपोर्टमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया