बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

तपकृष्ण श्रेष्ठ
कार्गो प्रमुख, कतार एयरवेज

कतार एयरवेजले अन्तर्देशीय वाणिज्यसँगै मानवीय सहायताका कार्गो उडानलाई प्राथमिकतामा राख्दै आएको छ । विश्वमा कतार एयरवेजले ५ स्टार एयरलाइन्सको स्थान प्राप्त गर्न सफल भएको छ । नेपालबाट विगत एक दशक देखि उच्च परिमाणको निर्यात कार्गो उडाउन सफल भई फ्रेट फरवार्डस व्यवसायीहरूको छाता संगढन (नेफा) ले  प्रत्येक वर्ष जुलाई २९ का दिन मनाउँदै आएको कार्गो दिवसमा एअर कार्गो तर्फ प्रथम पुरस्कार हासिल गर्दे आएको छ ।

कोरोना संक्रमण फैैलीनबाट जोगिन अत्यावश्यक रहेको भ्याक्सिन सुरक्षित नेपाल आइपुग्न कतार एयरवेज प्रयोगमा आउन सफल भएको छ । भ्याक्सिन बोकेका कार्गो विभिन्न ट्रान्जिट हुँदै नेपाल आउने गर्दछ । ट्रान्जिटमा कोल्ड चेनरुममा भ्याक्सिनलाई सुरक्षित राखिने गरिन्छ भने हवाई जहाजमा समेत विश्व स्वास्थ्य संगढनले सुझाएको मापदण्ड पालना गरी नेपाल ल्याइन्छ । कोरोनाको पहिलो तथा दोस्रो लहर बिच सैयौ चार्टर उडान मार्फत मास्क, स्यानिटाइजर तथा भ्याक्सिन आपूर्तिमा कतार एयरवेज प्रयोग भएको हो ।

सन २०१९ देखि सुरु भएको करोना संक्रमण पछिको लकडाउनका कारण विश्व अर्थव्यवस्थालाई हल्लाइ दिएको छ । अत्यन्त  कठिन परिस्थीतीका बाबजुद नेपालबाट सन २०२० मा कतारले २९०० टन कार्गो उडाउन सफल भई निर्यात उद्योगको लागि सहयोगी बनेको थियो । सन २०२१ मा ३००० टन कार्गो उडान लक्ष्य लिएको कतारले जुलाई महिना सम्म १६०० टन कार्गो उडाउन सफल भएको छ ।

विश्व उड्डयन बजारमा विगत ५ वर्षदेखि कतार अग्रणी एयरवेज बन्दै न.१ को श्रेणीमा पुगिसकेको छ । एयरवेजले लक्ष्य अनुसारको यात्रु सख्ंया ,त्यस्तै कार्गो बोक्न सफल हुँदै आएको छ । कतारले प्रतिशपर्थी दरमा उत्कृष्ट तथा विश्वासिलो सेवाले वहुसख्ंयक नेपाली निर्यात उद्योगको व्यवसायीको  लाइफ लाइन बनेको छ ।

भ्याक्सिन बोकेका कार्गो

कोरोना सक्रंमण फैलिन अघि विश्वका १७० गन्तव्यमा सेवा दिँदै आएको थियो । कोरोनाका भ्याक्सिन आएपछि हाल केहिहद सम्म विश्वका धेरै देशमा लकडाउन खुकुलो हुन थालेपछि ती गन्तव्यहरूमा पुन्ह सेवा सुचारु हुंदै उडान तालिका सार्वजनिक हुनेक्रम तीव्र बन्दै बनेको छ । यसै क्रममा पूर्व निर्धारित नयाँ गन्तव्यमा सेवा विस्तारित हुँदै अमेरिकाको सानफ्रान्सीसकोलाई कतारले आफ्नो हवाई रुटमा  समेटन सफल भएको  छ ।

उच्च स्तरीय सेवालाई प्राथमिकता राख्दै कतारले A-330 र 300S सिरिजका हवाई जहाजलाई प्रतिस्थापन गर्दे कार्गो तथा यात्रु उडानलाई सुरक्षित तथा थप विश्वासिलो राख्न अमेरिकी बोइङको 777  र ड्रीमलाइनर 787 सिरिजका हवाई जहाज प्रयोगमा ल्याइसकेको छ । विशेषतः कार्गो उडानमा कम्पनीले 777  लाई प्राथमिकतामा राखेको छ ।

A 320 जेटलाइनर

नेपालमा भने फ्रान्सेली A 320 जेटलाइनर न्यारो बडी र ड्रिमलाइनर 787-900  सिरिजका वाइडबडी मार्फत सेवा उपलब्ध गराइएको छ । यात्रु उडानमा हालसम्म अत्यन्त न्यून दुर्घटनाको रेकर्ड कायम गर्न A 320 जेटलाइनर सफल भएको छ । हाल सम्म सन २०१५ मा पाकिस्तानमा मात्र एउटा A 320  दुर्घटनाग्रस्त भएको रेकर्ड रहेको अन्तर्राष्ट्रिय हवाई उड्डयन संगढन  (IATA)  ले जनाएको छ । कतारले  २०० बढीको सख्ंयाका हवाईजहाज मार्फत विश्वभर सेवा दिइरहेको छ ।

जापानबाट सहयोग भएको भ्याक्सिन

नेपाल आउने A 320 मा १२ बिजनेस तथा १३२ इकोनोमी श्रेणीका सिट क्षमता छन् । त्यस्तै ड्रिमलाइनर 787 मा ३० बिजनेस तथा २८१ इकोनोमी श्रेणीका सिट क्षमता रहेका छन् । नेपालबाट  कतारले सहज समयमा साप्ताहिक कुल १४ उडान सञ्चालन गर्दे आएको । जस मध्ये ११ उडान 787  ले गर्दछ भने बाँकी ३  A 320  ले पुरा गर्दछ । त्यस्तै दुवै जहाज मार्फत  कतारको  साप्ताहिक कार्गो उडान क्षमता १५० टन रहेको छ ।

नेपालको व्यवसायीक तथा स्पास्थ्यसंग सम्बन्धित कार्गो आयातमा कतार पहिलो छनौटमा परेको छ । त्यस्तै मानवीय सहायताका सामाग्री ल्याउन समेत कतारको प्रयोग अग्र पक्तीमा आउने गरेको छ ।

तपाईको प्रतिक्रिया