शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

ब्युटिसियन पुस्तादेवी तामाङ र गीता कार्कीको प्याराडाइज ब्युटी पार्लर सुकेधारामा  सञ्चालनमा आएको छ । सेन्टरको उद्घाटन चर्चित नायिका अनु शाह तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाइजर धिरज तण्डुकारले सोमबार संयुक्त रूपमा  उद्घाटन गरेका हुन् ।

उक्त सेन्टरमा लेडिज र जेन्स दुवैले सेवा तथा ट्रेनिङ लिन सक्ने ब्युटिसियन पुस्तादेवी तामाङले बताइन । सेन्टर हातामै स्पा खोल्ने सम्पूर्ण तयारी पुरा भइसकेको र अब त्यो पनि चाँडै नै सञ्चालनमा आउने सञ्चालिका कार्कीले जानकारी दिएकी छन् । कार्यक्रममा चर्चित मेकअप आर्टिस्ट हेमा राई लगायतका अतिथिहरूको उपस्थिति थियो ।

सेन्टरको उद्घाटन गर्दै नायिका अनु शाहले ब्युटिसियन द्वय तामाङ र कार्कीलाई बधाई तथा शुभकामना दिइन् । नेपाली महिलाहरूमा स्वास्थ्य र सौन्दर्य चेतनामा वृद्धि हुंदै गएको अवस्थामा थप ब्युटीपार्लर र ट्रेनिङ सेन्टर खुल्नु राम्रो कुरा भएको नायिका अनु शाहले बिजनेश वल्ड अनलाइनलाई बताइन् ।

तपाईको प्रतिक्रिया