शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स गन्तव्य फराकिलो बनाउँदै कुवेतको ख्याति प्राप्त Al Mulla र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । कुवेतको  पहिलो मोबाईल एप्लिकेशन शुरु गर्ने Al Mulla  रेमिटान्स कम्पनी हो जसको १०२ स्थानहरुमा आफ्ना शाखाहरु सञ्चालनमा  छन् ।

कुवेतमा रहेका नेपालीहरूले Al Mulla  को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२,००० भन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ साथै नेपालको  जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाइल वालेटमा लोड गर्न सकिन्छ ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया