शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

YAMAHA मोटरसाइकलका आधिकारिक विक्रेता रिसिक अटोमोबाइलको अत्याधुनिक शोरुम बल्खुमा भव्य समारोहका बिच सञ्चालनमा ल्याएको छ । समारोहका प्रमुख अतिथि YAMAHA को नेशनल डिस्ट्रीब्यूटर MAW इन्टरप्राइजेजका  प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसघंका अध्यक्ष विष्णु कुमार अग्रवालले समुद्घाटन गरेका थिए ।
नेपाली उपभोक्ता माझ YAMAHA ब्राण्डले विश्वासिलो साथीको उपनाम पाइसकेकोले देशभर ९२ वटा शोरुम मार्फत बिक्री तथा प्रवर्धन गरिएको छ ।

पांचहजार बर्गफुटमा फैलिएको यस बल्खु शाखाबाट अन्यमा जस्तै नयाँ मोडेलका बाइक स्कुटर सहित पार्टस पूर्णरुपमा उपलब्ध गराएको छ । नेपालमा पहिलो पटक रिसिक अटोमोबाइलको यस शाखामा FI स्टेसन समेत स्थापित गरिएको छ । त्यस स्टेसनबाट FI  इन्जिन भएका YAMAHA बाइकको प्रत्येक ६ महिनामा हेल्थ चेकअप कार्ड उपलब्ध गराइने जनाएको छ । उक्त  FI स्टेसनमा ATS-ELGI , HITCO का उपकरणहरू जडान गरिएको कम्पनीले बताएको छ ।

उक्त कार्डमा मोटरसाइकलमा रहेका प्रत्येक सेन्सरको कार्यक्षमताका विवरण जनाइने छ । यो सहित बाइकको पार्टसमा देखिएका खराबीको  दुरुस्तै वैज्ञानिक रिपोटबाट मर्मत सम्भार सहज भई लामो समयका लागि सुरक्षित यात्राको आनन्द लिन पाइने जनाइएको छ । यो सुविधा नेपालमा बिक्रीहुने अन्य ब्राण्डका बाइक वर्कसपमा पाइदैन् ।

FI स्टेसन

नेपाली वैज्ञानिक महावीर पुनले तैयार पारेको, २.५ मिनेटको समयावधिमा वासगर्ने अटोमेटिक बाइक वासीङ मेसिन समेत रिसिक अटोमोबाइलले प्रयोगमा ल्याएको छ । यस प्रयासबाट नेपाली प्रविधिलाई प्रोत्साहन गरिएको छ ।

यस नयाँ शोरुमबाट बाइक एक्सचेन्ज मार्फत पुरानो बाइक वा स्कुटरको मुल्याङनमा १५ हजार रुपैयाँ थप गरिने जनाएको छ । उता नयाँ बाइकको खरिदमा सोझै ७००० रुपैयाँ नगद छुट सहितको प्याकेज अफर दिइएको छ ।

उद्घाटन समारोहमा नायिका करिश्मा मानन्धर

हाल YAMAHA प्रयोगकर्ता सख्ंया ५ लाख हाराहारीमा पुगेको वार्षिक बजार वृद्धिदर ७० प्रतिशत रहेको MAW   इन्टरप्राइजेजका कार्यकारी निर्देशक राजु क्षेत्री बताउँछन् । YAMAHA का आकर्षक डिजाइनका स्कुटर बजारमा आएपछि ब्रान्डको प्रयोगकर्ता सख्ंयामा ह्वात्तै वृद्धिभई स्कुटरतर्फ ३५ त्यस्तै बाइकतर्फ ६५ प्रतिशत हिस्सा पुगेको छ । अझ शहरी युवाहरू माझ स्कुटर थप लोकप्रिय सवारी साधन बन्दै गएको उनले बताए । रमाइलो पक्ष, हिजो शहरी क्षेत्रमा YAMAHA को बिक्री ७० तथा ग्रामीण भेगमा ३० प्रतिशत हिस्सा  रहेकोमा आजकल ठिक उल्टो तथ्याङ्क भेटिन थालेको छ । उक्त अवसरमा नाडाका उपाध्यक्ष करण चौधरीले समेत उपस्थिति जनाएका थिए ।

 

 


 

नेपाल उद्योग परिसंघका अध्यक्ष तथा  MAW  इन्टरप्राइजेजका प्रबन्ध  निर्देशक विष्णु  कुमार अग्रवालले रिसिक अटो मोबाइलले अत्याधुनिक शोरुम सञ्चालनमा ल्याउन सफल भएबाट अबका दिनमा YAMAHA प्रति जनविश्वास थप वृद्धि हुदैजाने बताएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु  कुमार अग्रवाल

YAMAHA  र रिसिक अटोमोबाइलका प्रबन्ध निर्देशक मिलन मल्लसँगको दोस्ती ३० वर्ष सम्म निरन्तर रहेकोले अबका दिनमा यो मित्रता थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । देशभर रहेका  YAMAHA  ब्राण्डका मोटरसाइकल बिक्रेता मध्ये ३ पटक उनले सर्वश्रेष्ठ बिक्रेताको उपाधि जित्न सफल भएकोले मिलन मल्ल एक कर्मठ तथा ग्राहकको मन जित्न सफल भएकोमा धन्यवाद दिएका थिए ।

रिसिक अटोमोबाइलको बल्खुमा सञ्चालनमा आएको शोरुम र वर्कसप अन्यको तुलनामा अत्याधुनिक तथा व्यवस्थित रहेकोले समेत अबका दिनमा  YAMAHA ग्राहक सख्ंयाको वृद्धिले नयाँ रेकर्ड छुने विश्वास लिएका छन् ।

 

 


MAW इन्टरप्राइजेजका कार्यकारी निर्देशक राजु क्षेत्री

 

MAW इन्टरप्राइजेजका कार्यकारी निर्देशक राजु क्षेत्रीका अनुसार उनको अटो बजारको यात्रा ३५ वर्षे पुगेको छ । वि.स २०५१ ताका तत्कालीन YAMAHA को नेशनल डिस्ट्रीब्यूटर  मोरङ अटोवर्कसको दोस्रो शोरुम पुलचोकमा खुलेको विगत सम्झँदै जानकारी दिए । नेपाली बाइक प्रयोगकर्ता बजारमा आजसम्म पनि RX-100   मोडेल चर्चित रहेको बताउँदै यस ब्राण्डले उत्कृष्ट प्रविधि प्रयोगगरी मोटरसाइकल उत्पादन गर्दे आएको छ ।

सन २००८ देखि  YAMAHA ले वातावरण मैत्री F1  प्रविधि पहिलो पटक बजारमा परिचय गराएको थियो । अबका दिनमा प्रत्येक बाइक उत्पादकले यही प्रविधिलाई आधारमानी मोटरसाइकल उत्पादन गर्ने आवश्यकता भइसकेको छ । मोटरसाइकल उत्पादन कला र प्रविधि जापानमा विकास भएकोले बाइक प्रेमीहरू माझ जापानीज बाइकले  विशेष पहिचान बनाउन सफल भएको छ ।


नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल

 

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले कोभिड महामारीको बेलामा सार्वजनिक सवारी साधन कमैमात्र प्रयोगमा आएकोले सहज यात्राको लागि मोटरसाइकल एक मात्र विकल्प रहेको बताएका छन् । सरकारले दीर्घकालीन योजना अनुसार यथोचित सडक सञ्जाल विकास नगरिदिएपछि कुल जनसख्ंयाको १० प्रतिशत मात्र दुइपङग्रेको पहुँचमा रहेको बताएका छन् । अझ चारपाङग्रे प्रयोगकर्ता  मुस्किलले १ प्रतिशत पुगेको छ । गुणस्तरीय सडक सञ्जालको विकास धीमा गतिका कारण जनता चाहेरपनि सवारी साधन प्रयोगबाट वञिचत हुनु परेको यर्थाथ बताए ।

 

 

 


रिसिक अटोमोबाइलका प्रबन्ध निर्देशक मिलन मल्ल

 

 

अन्त्यमा रिसिक अटोमोबाइलका प्रबन्ध निर्देशक मिलन मल्लले मोरङ अटोवर्कसमा मा १२०० रुपैंयाको जागिरबाट अटो बजारको यात्रा सुरु भई ,यही कम्पनीमा ६२ हजारसम्म तलब लिई जागिरे जीवनबाट व्यवसायमा लागेको आफ्नो अतीत बताए । बि.स २०६२ सालमा रिसिक अटोमोबाइलको पहिलो शोरुम कुमारीपाटिमा खुलेको थियो । त्यस्तै बि.स २०६४ सालमा ग्वार्खो हुँदै आज ३५ वर्षको अटो यात्रामा YAMAHA ब्राण्डको तेस्रो शोरुम बल्खुमा खोल्न पाउँदा सम्पूर्ण YAMAHA  प्रेमी समुदायलाई धन्यवाद दिएका थिए ।

 

 

 

 

तपाईको प्रतिक्रिया