शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

देबेन्द्र  खडका
वरिष्ठ उपाध्यक्ष– नेपाल कुरियर सेवासघं (कोसान)

कुरियर व्यवसाय मात्र नभई मानवीय सेवामा समेत समर्पित रहेको लकडाउनको समयमा आमजनताले महसुस गरेका छन् । अत्यावश्यक खाद्यान्न लगायतका स्वास्थ्य सामाग्री बजारमा अभाव नहुनमा कुरियर क्षेत्रका व्यवसायीहरूले  संंगठित प्रयास गरेका थिए । देशका प्रत्येक स्थानमा कुरियर तथा ट्रान्सपोर्ट व्यवसायीले सामान पुर्‍याउन सबै उपकरण प्रयोगमा ल्याउन सफल भएका थिए ।

व्यवसायमा घाटा वा नाफा हुनु फरक पाटो हो । तर भोलि फेरी कोभिड–१९ का कारण लकडाउनको अवस्था सामना गर्न कुरियर क्षेत्र तैयार छ । यही प्रयासले स्वास्थ्य लगायतका दैनिक उपभोग्य सामानको अभाव हुन पाएन, उता बजारमा मूल्य एकरूपता समेत कायम हुन सहयोग पुगेको थियो ।

कोभिड–१९ का संक्रमण नियन्त्रण तथा रोकथाममा जनताको स्वास्थ्य सुरक्षित राख्न आवश्यकपर्ने स्वास्थ्य उपकरण र सामाग्री सरकारी लकडाउन अवधिभर विभिन्न अवरोधका बिच आम उपभोक्ताको हात–हातसम्म पुग्न सफल भएको थियो । कुरियर सेवालाई अत्यावश्यक सेवा अन्तर्गत सरकारले दर्जा दिएपछि त्यसलाई अनुसरण गर्दे यसतर्फका व्यवसायी जनता प्रतिको आफ्नो कर्तव्य निभाएका हुन ।


त्यसबेला कोभिड संक्रमितका बिरामीलाई आवश्यकपर्ने अक्सिजन सिलिन्डर, औषधि तथा अन्य सामाग्री योजना अनुसार प्रत्येक स्थानमा उपलब्ध हुन कोसान सदस्यबाट हरसम्भव प्रयास गरिएको थियो ।


लकडाउन केही खुकुलो हुँदै गएपनि यस क्षेत्रले सामान ढुवानीमा प्रयोगगर्ने हवाई तथा सडक सञ्जाल मध्ये अन्तर्राष्ट्रिय हवाई उडान नियमित नभइदिँदा नेपालको निर्यात व्यापारमा असर देखिएको छ । वाणिज्यका सहायक कुरियर सेवाले विभिन्न स्रोत साधन प्रयोगगरि सेवा उपलब्ध गरेपनि, हवाई फ्रेटदर कोभिड अघिको अनुपातमा ३ गुण महँगो पर्न थालेको छ ।

विदेशी पर्यटक नेपाल भित्रिने सख्ंया शून्यमा झरेपछि अन्तर्राष्ट्रिय वायुसेवा उडान सख्ंयामा कमी आएको हो । यसकारण चार्टर विमान मार्फत कार्गो निर्यात भइदिँदा पे्रmट शुल्क उच्च भएको हो । अर्कोतर्फ गन्तव्य राष्ट्रमा निर्यात वस्तुको मूल्य प्रतिशपर्था चुनौतीपूर्ण बनेको छ । निर्यातका सामान यसअघि विश्वभरका स्थानमा पुग्न ४ दिन लाग्दै आएकोमा हाल कमर्शियल वस्तु ८–१० दिनसम्म लाग्ने गरेका छन् ।

नेपाल उडान भर्ने विदेशी वायुसेवा कम्पनीहरूले हवाई फ्रेट भाडादरमा वृद्धि गरिदिए पछि कुरियर सेवा प्रदायक कम्पनीहरूले बाध्य भई त्यही अनुपातमा भाडा दर वृद्धि गरेका हुन् । खाडी मुलुकका दोहा तथा कतार नेपाली कृषि वस्तुका प्रमुख गन्तव्य भित्र पर्दे आएको छ । त्यसतर्फका उडान अवरुद्ध नभएपनि  कृषि वस्तु महँगो भाडादर तिरी निर्यात हुँदै आएका छन् । यसबाट विदेशमा नेपाली कृषि वस्तुको मूल्य प्रतिशपर्था क्षमता अन्य मुलुकको तुलना घट्दै गएको छ । नेपाली कृषि वस्तु निर्यात हुने स्थानमा वायुसेवा निगमको उडान नियमित हुनु आवश्यक रहेको छ ।

कृषि वस्तुको स्थानीय मूल्यको तुलनामा हवाई भाडा दर महँगो पर्दे गएपछि विदेशी मागमा समेत कमी आएको हो । मध्यपूर्व लगायतका स्थानमा लकडाउन अघि ५०० के.जी भन्दा उच्च परिमाणका कृषि वस्तुको माडा दर १०० रुपैयाँ भन्दा कम थियो । हाल त्यही परिमाणका कृषि कार्गो १५० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । एकातिर स्यानो परिमाणमा निर्यात हुने वस्तु विदेशी यात्रुवाहक हवाई जहाज मार्फत कार्गो पढाउनु पर्ने बाध्यता छ । अर्कोतिर घट्दो हवाई यात्रु सख्ंयाका कारण हवाई जहाज कम्पनीले सञ्चालन खर्च धान्न वाध्यभई भाडा वृद्धि गरेका हुन् ।

भाडादर वृद्धिले  नेपालबाट निर्यात हुने विभिन्न वस्तु मध्ये सबैभन्दा बढी गार्मेन्ट निर्यात प्रभावित बन्न पुगेको छ । गार्मेन्ट निर्यात हुने वस्तु मध्ये सस्तो पर्ने भएपनि सामानको मूल्य बराबरको भाडा दर लाग्ने भएपछि अमेरिका लगायतका गनतब्यमा दोब्बर मूल्यका नेपाली गार्मेन्ट बिक्री हुन अवरोध भएको छ । सामान्य निर्यातहुने वस्तुको मूल्यमा २० प्रतिशत भाडा जोडिन गरिन्छ । तर नेपाल पर्यटन तथा निर्यातका दि«ष्टीकोणले अब्बल मानिएका  आकर्षक राष्ट्रहरुसंग सिधा हवाई सञ्जालमा जोडिएको छैन । गन्तव्यसम्म पुग्न विभिन्न ट्रान्जिट प्रयोग गर्नुपर्ने भएकोले हवाई फ्रेटदरले आकाश छोएको हो ।

कोसान यस विषयमा सजगभई प्रत्यक्ष रूपमा हवाई भाडादर घटाउन वायुसेवा कम्पनीहरुसंग बारम्बार छलफल गर्दे आएको छ । पछिल्ला दिनमा नेपालमा निषेधाज्ञा हटेसँगै विश्वभर लकडाउन हटाइ सकिएकोले विदेशी पाहुना नेपाल भित्रिने क्रम वृद्धि हुने आस गर्न सकिन्छ । यससँगै हुने नियमित उडानले कार्गोका भाडादर ओरालो लाग्दै जाने विश्वास गर्न सकिन्छ ।

कोसान वाणिज्यका निर्यात कार्गो सहित अन्तर्देशीय  मानवीय सहायतका सामाग्री ढुवानीमा सफलता पाएको छ । देशमा आइपर्ने भुईँचालो तथा कोभिड संंक्रमण लगायतका प्राकृतिक विपत्तिमा राष्ट्र र जनताको सेवामा सधैँ समर्पित रहिआएको छ ।

तपाईको प्रतिक्रिया