शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

निर्मल पौड्याल
कार्यकारी निर्देशक
साईँ ग्लोबल सिपिङ

कोरोना संक्रमण पछि हवाई तथा सिपिङ कम्पनीका फ्रेट शुल्क वृद्धिले वाणिज्यको लागत वृद्धि गरिदिएको छ । यो सहित वीरगन्ज सुख्खा बन्दरगाह हयान्डिलीङ  शुल्कमा समेत वृद्धि गरिएको उनले आफ्नो अनुभव बताएका छन् । त्यसो त नेपाल मात्र होइन विश्वभरका देशहरूमा पुग्ने कन्टेनरको भाडा दरमा हुँदै गएका छन् । हवाइमार्ग भई आउने कार्गोमा समेत कोभिड अघिको अनुपातमा तेब्बर भाडा दर वृद्धि गरिएका छन् । उता सिपिङ कम्पनीका १०० प्रतिशत भाडा वृद्धि भएपछि त्यसको असर उपभोक्ता मूल्यमा परेको हो ।

MAERSK सिपिङबाट पुरस्कृत हुँदै निर्मल पौड्याल

निर्यात कार्गोको २० फुटे कन्टेनर वीरगन्ज देखि अमेरिकासम्म ३००० हजार डलर पर्दे आएकोमा सोही भाडा ८ हजार डलरमा वृद्धि भएपनि समयमा सिपिङ कम्पनीका कन्टेनर पाउन मुस्किल भएको छ । कोरोनाको बहानामा हवाईजहाज तथा सिपिङ कम्पनीलाई उच्च भाडा असुल्ने बानी परिसकेको छ । तर लामो समय यही भाडा दर कायम नहुने उनले बताए । ’

नेपालको अन्तर्राष्ट्रिय वाणिज्यमा स्थलगत पारवहनको हिस्सा ७० प्रतिशत भन्दा उच्च रहिआएको छ । हाल मासिक ६०० मालवाहक कन्टेनर नेपाल भित्रिने गर्दछन् । त्यसमध्ये साईँ ग्लोबल सिपिङले न्यून सख्ंयाका कन्टेनर हयान्डिलीङ  गर्दे आएको पौड्यालले  जानकारी दिएका छन् । ’ किनकि नेपालको वीरगन्ज सुख्खा बन्दरगाह भारतीय रेलमार्गसँग जोडिए पछि पारवहन थप सहज हुँदै गएको छ ।

आयातकर्ताले गन्तव्यबाट बुकिङ गरी सामान बोकेका कन्टेनर नेपालका नाका हुँदै प्रतिपत्रमा उल्लेख गरिएको स्थानसम्म तोकिएको समयावधि भित्र  नआइपुगे सिपिङ कम्पनीलाई उच्च मूल्यको विलम्ब शुल्क बुझाउनुपर्ने  बाध्यता आइपर्दछ । कन्टेनर बोकेका ट्रक आयातकर्ताको गोदामसम्म समयमा नआइपुग्नेको प्रमुख कारण ट्रक चालकको बदमासी देखिएको छ ।

 

नेपालको वाणिज्य सहजहुन विदेशबाट उच्च क्षमताको पानी जहाज प्रवेशमा कलकत्ता सहित विशाखापट्टनम  पोर्ट भारतले उपलब्ध गराएपछि ३–४ दिनभित्र कन्टेनर नेपाल आइपुग्ने गर्दछन् ।  यसबाट अन्तर्राष्ट्रिय वाणिज्यमा विलम्ब शुल्क लागेका घटनमा कमी आउन थालेको उनी बत्ताउँछन् । ’ तर सुख्खा बन्दरगाह प्रिसटिनाले लिएपछि कन्टेनर हयान्डिलीङ  शुल्क पहिले २० फुट कन्टेनरको १२ हजार लाग्दै आएकोमा हाल त्यो शुल्क १७००० मा कायम भएको छ ।

वीरगन्ज सुख्खा बन्दरगाह बाहेक चोभारमा निमार्णधिन  सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि नेपालको वाणिज्य लागत धेरै हदसम्म घटने निश्चित छ । किनकि वीरगन्जको किल्यरिङ , एजेन्ट तथा ट्रक भाडा लगायतका विविध खर्चहरू कटौती सहित शून्य विलम्ब शुल्कले नेपाली आयकर्तालाई राहत मिल्ने छ ।

सामान ल्याउन खोल्ने  प्रतिपत्रमा काठमाडौँ आउने कार्गोमा (CIF)  वीरगन्जको सट्टा काठमाडौँ तोकिएपछि सिपिङ कम्पनीले त्यो कन्टेनर काठमाण्डौसम्म ल्याउनुपर्ने हुन्छ ।

सुख्खा बन्दरगाह सञ्चालनमा प्राविधिक रूपान्तरण आवश्यक भैसकेपनि नेपाल इन्टरमोडल यातायात विकास समितिले बेवास्ता गर्दे आएको छ । ‘ छिमेकी मुलुक भारत लगायतका राष्ट्रहरूमा कन्टेनरका  र्‍याक व्यवस्थित गर्न आधुनिक उपकरण प्रयोग सुरु गरिएपनि प्रविधि प्रयोगलाई सरकारी निकायले प्राथमिकता नदिएको उनी बत्ताउँछन् । ’

सामान बोकी आएका कन्टेनरलाई व्यवस्थित गर्ने उपकरणहरूमा हुने उच्च लगानीले सरकार तथा निजी क्षेत्रका सुख्खा बन्दरगाह सञ्चालकले प्राथमिकता नदिएका हुन् ।

पारवहनमा प्रयोग गरिने सिपिङ कम्पनीका कन्टेनर भाडा दरको अनुपातमा कन्टेनर खरिद गर्दा सस्तो पर्ने भएपनि नेपालसँग व्यापार गर्ने जहाज कम्पनीसँग व्यवसायीक सम्बन्धन आवश्यक पर्दछ ।

कन्टेनर पठाएपछि गनतब्यबाट फेरी सामान राखी फिर्ता ल्याउनु बाध्यता पर्दछ । जुन त्यति सहज कार्य होइन । अन्य देशको बन्दरगाहमा खाली कन्टेनर त्यसै थन्किदा  त्यसको भाडा थप उच्च पर्ने भएकोले नेपाली फ्रेट कम्पनीहरू कन्टेनर खरिद गरी वाणिज्यमा प्रयोग नगरेका हुन् ।

तर नेपालसँग उच्च परिमाणमा वाणिज्य हुने देशका सिपिङ कम्पनी मार्फत त्यस सञ्जाललाई प्रयोगगरि नेपाली फ्रेट कम्पनीहरूले आफ्नो कन्टेनर प्रयोगमा गर्न सक्दछन् ।

चोभारमा निमार्णधिन सुख्खा बन्दरगाह

आसियान राष्ट्र, दक्षिण एसिया वा युरोपबाट नेपालसँग हुने वाणिज्यका लागि यो रणनीति प्रयोयगर्न सकिन्छ । हाल सिपिङ र हवाई जहाज कम्पनीले फ्रेटका दर नघटाएसम्म वाणिज्यको लागत घट्दैन ।

 

तपाईको प्रतिक्रिया