शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

कुरियर व्यवसायीहरूको छाता संगढन नेपाल कुरियर सेवासंघ (कोसान)को २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रत्येक वर्ष भदौ २१ गतेका दिन कुरियर दिवस तथा साधारण सभा आयोजना गरिँदै आएको संघले जनाएको छ । गत आ.वमा कोरोना संक्रमणका कारण संघले जुम मार्फत २६ औ साधारण सभा सम्पन्न गरेको थियो । तर यसपटकको  सम्पन्न साधारण सभाबाट सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएको बताइएको छ ।

नयाँ कार्य समितिको शपथ ग्रहण

त्यस अवसरमा देवेन्द्र खड्काको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्ष – दुर्गा प्रसाद सुवेदी, उपाध्यक्ष – अनिल राजभण्डारी, त्यस्तै मनोनीत उपाध्यक्ष–सञ्जय मण्डल, महासचिव–राजकुमार सामरी, कोषाध्यक्ष– तिलराज खतिवडा तथा मनोनीत सचिव– कृष्ण प्रसाद नेपाल रहेका छन् । केन्द्रीय सदस्यहरूमा निरञ्जन थापा, निर्मल राठी, अर्जुन के.सी.,टङ्कमणि खरेल, प्रकाश सुवेदी तथा मनोनीत सदस्य द्धय मिना आचार्य तथा किरण थापा रहेको कोसानले जनाएको छ ।


त्यस वार्षिक साधारण सभामा प्रमुख आतिथ्य गरिरहेको उवासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल कुरियर सेवासंघले सुरु गरेको सर्वसम्मत निर्वाचन प्रक्रियालाई राजनीतिक पाटीहरूले अनुसरण गर्नुपर्ने बताएका छन् । उनले आफ्नो व्यावसायिक यात्रा यही कार्गो क्षेत्रबाट सुरु गरेको अतीत बताएका थिए ।

चन्द्र प्रसाद ढकाल

उनी कार्गो व्यवसायमा आउनु अघि वाणिज्य बैंक न्युरोड शाखामा कार्यरत हुँदा सुरुमा उनको माउन्ट पुमोरी कार्गो कम्पनी मार्फत जर्मनको डोमोटेक्स कार्पेट मेलाका लागि ५०० के.जी कार्पेट निश्चित समयमा पुर्‍याउनु पर्ने जिम्मेवारी पाएका थिए । “ त्यस बखत उनको अन्तर्राष्ट्रिय वायुसेवाका कार्गो क्षेत्रमा समर्पक थिएन । जसकारण उनी निर्यात सामानका लागि आवश्यक डकुमेन्ट (एरोबिल) लिएर जाँच–पासका लागि त्रि.बि भन्सार परिसरमा रहेको उक्त वायुसेवाको कार्यालय पुग्दा उनलाई  कार्गो म्यानेजरले गलहत्त्याएर निकालेको घटना बयान गरेका थिए । ” किनकि उनका प्रतिद्वंदीले उनलाई यस व्यवसायमा झिर्नु नदिने तरिका अपनाएका थिए ।  त्यसकारण यस क्षेत्रको पिडाको बारेमा जानकारी भएकोले यस क्षेत्रको  विकासका लागि आफूले सधैँ साथ दिने बताएका छन् ।


नवनिर्वाचित अध्यक्ष देवेन्द्र खड्काले त्रि.बी अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियर डेस्क तथा बसपार्कमा कुरियर टर्मिनलको शीघ्र व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका छन् । सरकारी निकायबाट बेवास्ताको सिकार बनेको यो क्षेत्रको नीतिगत सुधारका लागि तदारुप्ताका साथ पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष देवेन्द्र खड्का

कुरियर वाणिज्यको लाइफलाइन भएकोले यसतर्फका समस्यालाई व्यवसायीहरूले अन्तरक्रिया गरी समाधान गर्नुपर्नेमा जोड्दिएका छन् ।


उवासंघका वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्र र सरकारी निकायबिच सहकार्य भई नेपालको अर्थतन्त्रलाई गतिशील बनाउनुपर्नेमा जोड दिएका थिए ।

अन्जन श्रेष्ठ

उक्त साधारण सभामा कुरियर व्यवसायका चुनौती समेटी प्रस्तुत गरिएको वृत्तचित्र अत्यन्त प्रेरणादायी रहेको बताए । नेपालको चेम्बर आन्दोलनलाई गति दिन आग्रह गर्दे त्रि.बी अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियर डेस्क तथा बसपार्कमा कुरियर टर्मिनल निमार्णको लागि सहकार्य गरिने जनाएका छन् ।


उता निवर्तमान अध्यक्ष, उवासंघ कार्यसमिति सदस्य तथा सह–सभापति–कर तथा राजस्व, गोविन्द ढुङ्गेलले नेपाल कुरियर सेवा संघको अगुवाइमा कोसानमा आबद्ध सम्पूर्ण सदस्य कम्पनीहरूलाई पर्ने हरेक समस्यामा कोसानको प्राथमिकतामा पर्दे आएको बताएका छन् । उनले संघमा आबद्ध भएका नयाँ कम्पनीहरूलाई स्वागत गरेका थिए ।

गोविन्द ढुङ्गेल

“स्थलमार्ग भईहुने पारवहनमा अन्तर्देशीय ट्रान्जिट नाकाहरूमा प्रहरी प्रशासनबाट चेक–जाँचको नाममा व्यवसायीहरूले हैरानी खेप्नु परेको बताउँदै , यस प्रकारका क्रियाकलाप सरकारी निकायबाट रोकिनुपर्ने आग्रह गरेका छन् । ”

त्यस्तै कुरियर सेवाका लागि प्रयोगमा ल्याइने कार्गो भ्यान तथा ट्रकको आयातमा भन्सार छुट सुविधा आवश्यक रहेको छ । किनकि हाल यात्रु बाहक बसमा कुरियरका पार्सल तथा सामान ओसार्न चुनौतीको सामना खेप्नुपर्ने बाध्यता रहेको उनको तर्क थियो ।

निवर्तमान अध्यक्ष ढुङ्गेलले कुरियर सेवा उद्योगलाई प्रभावकारी बनाउन छुटै भन्सार ऐनको आवश्यकता रहेको बताएका छन् । जसबाट भन्सार जांचपास तीव्र भई कुरियर मार्फत वाणिज्य क्षेत्र लाभान्वित हुने मौका पाउने उनको तर्क थियो ।


कोसानका पूर्व अध्यक्ष नरेन्द्र खतिवडाले बितेको ३ वर्षे कार्यकाल अत्यन्त सफल रहेको बताएका छन् । कोसान कार्यसमितिले कोरोना लकडाउनको समयमा कुरियरका सवारी साधन सञ्चालनमा सरकारी निकायसँग समन्वय गरी तीव्र गतिमा सवारी पास उपलब्ध गराउन सफल भएकोमा सराहना गरेका थिए । उवासंघका वरिष्ठ उपाध्यक्ष चन्द« प्रसाद ढकाललाई यस क्षेत्रको माग प्रति गम्भीरभई सरकारसँग समन्वय गरिदिन आग्रह गरेका छन् ।

नरेन्द्र खतिवडा

अब बन्ने राष्ट्रिय बजेटमा त्रि.बी अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियर डेस्क तथा बसपार्कमा कुरियर टर्मिनल निर्माण लागि राज्यबाट १० करोड बजेट छुट्ट्याउन उवासंघले पहल गरिइदिनुपर्नेमा जोड दिएका छन् । उक्त पूर्वाधार निर्माणमा लाग्ने बजेट यही कुरियर क्षेत्रले १० वर्षमा सरकारलाई फिर्ता गरिदिने ग्यारेन्टी समेत दिएका छन् ।


मनोनीत उपाध्यक्ष–सञ्जय मण्डलले व्यवसायीहरूले आफ्ना ग्राहकका लागि छिटो छरितो र भरपर्दो सेवा दिन नवीन प्रविधिको विकासमा समेत ध्यान दिनुपर्नेमा  जोड दिँदै,हाल सञ्चालनमा रहेका धेरै कुरियर व्यवसायीबाट प्रविधि प्रयोगलाई प्राथमिकतामा राख्न थालेकोमा खुसी व्यक्त गरेका छन् ।

सञ्जय मण्डल

संघको पहलमा यस वर्ष देखि कुरियर व्यवसायलाई जि.प्र.का बाट अत्यावश्यक सेवामा समावेश गरिएकोमा उनले धन्यवाद दिएका छन् । तर राजस्व अनुसन्धान विभागले व्यवसायीलाई लक्ष्तिगरि दुःखदिदै आएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

कोसानले सामाजिक दायित्व वहन गर्दे विपन्नवर्ग तथा ज्याला मजदुरी गर्ने परिवारहरूलाई आवश्यक खाद्य सामाग्री तथा अक्सिजन सिलिन्डर लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू सहयोग गर्दै आइरहेको मण्डलले जानकारी गराएका थिए ।

सघंको पहलमा लागूपदार्थ नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले  जनचेतना मूलक कार्यक्रम सञ्चालन हुँदै आएकोले आगामी दिनमा समेत लागु औषध नियन्त्रण व्युरोसगं सहकार्य गरिने बताएका थिए ।


त्रि.वि भन्सार विभागमा कुरियर पार्क

नेपाल कुरियर सेवासंघ कोसानले मनाउँदै आएको कुरियर दिवसको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दे त्रि.वि भन्सार विभागको कार्गो टर्मिनलमा कुरियर पार्क

 

उद्घाटन गरिएको छ । त्रि.वि भन्सार विभाग प्रमुख लक्ष्मी निरौला तथा पारवहन प्रमुख राम चन्द्र सुवेदीले संयुक्त रूपमा उक्त पार्क उद्घाटन गरेका थिए ।


त्रि.बि भन्सार विभागका प्रमुख लक्ष्मी निरौलाले कुरियर व्यवसायबाट राज्य कोषमा कर मार्फत सहकार्य गरिएकोमा धन्यवाद दिएका छन् ।

लक्ष्मी निरौला

साथै त्रि.बि भन्सार विभागमा कुरियर टर्मिनल निमार्णका लागि सहकार्य गरिने आश्वासन दिँदै यस क्षेत्रका समस्या समाधानका लागि आफ्नो ढोका सधैँ खुल्ला रहेको बताए ।


व्यावसायिक संस्थाले वहन गर्ने सामाजिक उत्तरदायित्वबाट समाजमा प्रतिष्ठित हुने मार्ग रहेको बताएका छन् । कुरियर क्षेत्रले भन्सार जाँच–पासका लागि प्रति के.जी सामानको ५ रुपैयाँ राजस्व बुझाउँदै आएकोले भन्सार संकलनमा टेवा लिने  कुरियर विशेष स्थानमा पर्दे आएको त्रि.बि पारवहन प्रमुख राम चन्द्र सुवेदीले बताएका छन् ।

राम चन्द्र सुवेदी

त्रि.बि अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उड्डयन महासंघको सञ्जालमा रहेकोले प्रत्येक गतिविधिका लागि विमानस्थल प्रशासनबाट हालसम्म १२ कुरियर कम्पनीले अनुमति लिएको यर्थाथ बताएका थिए । त्यसकारण अन्तर्राष्ट्रिय क्षेत्रमा व्यवसाय गर्ने सबै कम्पनीले यस्तो अनुमति लिई व्यावसायिक ढाँचा अपनाउनु पर्नैमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया