शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

डिजिटल वालेट कम्पनी खल्तीले सम्सारा रेमिट मार्फत देश तथा विदेशबाट पठाएको पैसा सजिलै पाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा विदेशबाट पठाएको पैसा पाउन र नेपाल भरिबाट पैसा पठाउन र पाउन सक्नेछन् ।

कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरूबाट सम्सारा मार्फत पैसा पठाउन सकिनेछ ।

खल्तीबाट रेमिटेन्स पठाउन वा पाउन ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य अद्यावधिक गराएको हुनुपर्छ । त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी अद्यावधिक गरिसकेपछि रेमिटेन्स प्राप्त गर्न वा पठाउन सक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया