शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैक लिमिटेड मंलगवा शाखामा चरम भ्रष्ट्राचार भेटिए पछि  सर्लाहीको सहायक सहित ३ जना विरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको जनाइएको छ । आयोगले सर्लाही शाखामा कार्यरत सन्तोष विक्रम शाहसमेत ३ जना उपर ४२ लाख कायम गरी सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको हो ।

सर्लाही जिल्लाको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत बनाई रु.४२,००,०००।– भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोष विक्रम शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली÷पाँच कुमारी जे.भी.का पार्टनरहरू अनिल गुप्ता र शिव नन्दन पासवानसँगको मिलेमतोमा रु. ४२,००,०००।– को नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको भेटिएको थियो ।

सोही आधारमा रु. ४२,००,०००।– लोकबीर बेताली÷पाँच कुमारी जे.भी.का शिबनन्दन पासवानले नगरपालिकाबाट भुक्तानी लिएका थिए ।  निज सन्तोष विक्रम शाहले उक्त रकम हिनामिना हानि नोक्सानी गरेको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरजन्य कार्य भएकोले निजलाई बिगो रु. रु. ४२,००,०००।– (अक्षरूपी बयालिस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन मागदाबी लिइएको छ ।

लोकबीर बेताली÷पाँच कुमारी जे.भी.का पार्टनरहरू अनिल गुप्ता र शिव नन्दन पासवानले नेपाल बैंक लिमिटेड मलंगवा, सर्लाही शाखाका तत्कालीन सहायक सन्तोष विक्रम शाहको मिलेमतोमा रु. ४२,००,०००।– को नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार लगाएका थिए ।

उक्त रकम भुक्तानी समेत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) को कसुर गरेको हुँदा निजहरू उपर बिगो रु. ४२,००,०००।– (अक्षरूपी बयालिस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय हुन र उक्त बिगो जफत समेत हुन मागदाबी लिइएको छ ।

तपाईको प्रतिक्रिया