शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

चिकित्सकलाई हाम्रो समाजमा ईश्वरको दर्जा दिइएको छ , जसकारण औषधि माथि प्रश्न गर्ने प्रवृत्ति छैन । चिकित्सक ले सिफारिस गरिदिएको औषधिको बारेमा सेवन गर्नु अघि जानकारी राख्नु राम्रो भएको यस क्षेत्रका विज्ञ बताउँछन् ।

तर सो औषधिको सेवन गर्ने विधि चिकित्सकले स्पष्ट हुनेगरी बयान  नगरे पनि बिरामीले सोध्न आवश्यक छ , यसले औषधिको शरीरमा अन्य असर हुनबाट जोगिन सकिन्छ । र औषधिमा भएको गुणवत्ताबाट फाइदा लिन सकिन्छ । औषधि खरिद गर्दो प्याकमा छापिएको मूल्यमा छुट पाइने कुरा धेरै उपभोक्तालाई थाहा नहुन सक्छ ।

चिकित्सकले सिफारिस गरिरहेको औषधि कति स्तरीय हो, कुन कम्पनीको हो, त्यसको प्रयोग विधि के हो भनेर स्पष्ट हुने प्रवृत्ति राख्नु पर्दछ । जबकि एउटै रोगको औषधिका विभिन्न किसिमका हुने गर्छन् । त्यसको ब्रान्ड एवं कम्पनी फरक भएपनि सो औषधिले गर्ने कार्य फरक प्रवृत्तिको हुने गर्दछ ।
त्यसैले आफूलाई सिफारिस गरिएको औषधि कुन र कति सहज रूपमा उपलब्ध हुनसक्ने सहित मूल्यको बारेमा जानकारी राख्नु पर्दछ ।

चिकित्सकले दिएको औषधिमाथि कुनै पनि बिरामीले प्रश्न गर्दैनन् । अन्य सामानको जस्तो औषधिको गुणस्तरबारे प्रश्न पनि उठ्दैन । औषधिको गुणस्तरमा प्रश्न गर्ने ठाउँ रहन्छ ।
नेपालको बजारमा जाने जुनसुकै औषधि पनि औषधि व्यवस्था विभागले गुणस्तर परीक्षण गरेर मात्रै पठाउने गर्छ । नेपालमै उत्पादित र आयातित औषधिमा समेत विभागले गुणस्तर परीक्षण गरेर पठाउने भएकोले यसमा चिकित्सकहरूले गुणस्तरमा टाउको दुखाउनु पर्देन् ।

विदेशबाट आएका औषधिहरू पनि जीएमपी सर्टिफाइडहरु मात्रै बिक्री वितरण हुन्छ । त्यसैले गुणस्तर भनेको विभागले तोकेको आधारमा हुन्छ । चिकित्सकलाई विश्वास लागेको कम्पनीको औषधि सिफारिस गर्छन् ।

तर चिकित्सकले सिफारिस गरेको औषधिमा बिरामीले जिज्ञासा र प्रश्न गर्नुपर्छ । त्यसोत  चिकित्सकलाई विश्वास गरेर नै मान्छे अस्पताल जाने गर्दछन् । त्यसैले चिकित्सकले दिएको औषधिमा अविश्वास गर्न चाहिँ हुँदैन तरपनि बिरामीले सो औषधिको फाइदा र बेफाइदाको जनकारी राख्नु पर्दछ ।

आजकल धेरैले यस्ता जिज्ञासाहरू राख्ने गरेको पाइन्छ । किनकि एउटै प्रकृतिको औषधि पनि विभिन्न कम्पनी वा ब्रान्डको हुन्छ । जसमध्ये कुन राम्रो हो भनेर साधारण मान्छेले पहिचान गर्न नसक्ने भएकोले चिकित्सकलाई सोध्न जरुरी हुन्छ ।

चिकित्सकहरूलाई हरेक ब्रान्ड र कम्पनीको औषधिमा राम्रो अनुभव हुने भएकोले त्यसको आधारमा औषधि सिफरीस गर्दछन् । कतिपय दीर्घ रोग लागेकाले खाने औषधिमा एकरूपता पाइँदैन । एउटै रोगमा फरक कम्पनीको औषधिको असरमा फरक पर्न सक्दछन् ।

प्रत्येक खाद्य पदार्थको  साइड इफेक्ट हुनेगरे पनि आफ्नो रोगलाई छिटो निदान गर्ने औषधिको सेवन गर्नुपर्ने चिकित्सकहरूले बताउने गर्दछ । औषधि फर्माकोपियाको आधारमा उत्पादन हुने भएकोले त्यस रोगका कीटाणुलाई निषक्रीय पार्न इफेक्ट गर्छ त्यसले थोरै साइड इफेक्ट पनि गर्छ । तर यस्तो साइड इफेक्टको दीर्घकालीन असर हुने वा नहुने त्यसको जानकारी राख्न जरुरी पर्दछ । कुनै व्यक्तिको शरीरमा कुन कम्पनीले तयार पारेको औषधि फिट हुन सक्छ कुनैमा अर्को कम्पनीको हुन सक्छ । त्यो उत्पादन प्रक्रियामा निर्भर गर्दछ ।

हरेक औषधिको प्रकृति अनुसार बिहान, दिउँसो र साँझ खाने गरिन्छ । कुनै यस्तो समय हुन्छ जुन समय सबै खाले औषधि खान सकियोस् । यस्तो एउटै समय भन्ने हुन्न । जस्तो थाइराइड भएकाहरूको लागि बिहान खाली पेटमै औषधि खानुपर्छ । पिसाब लाग्ने औषधि छ भने त्यसलाई राति खान दिनु हुन्न । यसरी औषधि र  रोगको अवस्थाको आधारमा समय अनुसार औषधि खानुपर्ने चिकित्सक सुझाउने गर्दछन् ।

औषधि प्रायः पानीसँगै खाने गरिन्छ । यसको पछि विज्ञान हुन्छ । पानीसँग औषधि खानुको एउटा कारण भनेको निल्न सहज होस् भनेर हो । कुनै कुनै मुखमै घुलनशील हुने गर्दछ । त्यस्तो औषधि हामी पानीसँग खानु हुँदैन ।

कतिपय घाँटीमा अड्कियो भने यसले समस्या सिर्जना गराउन सक्छ । त्यस्तो नहोस् भन्नको लागि पनि औषधि पानीसँग नै पिइन्छ । तर मदिरा पिएको बेला नियमित रूपमा खाँदै गरेको औषधि सेवन गर्नु हुन्छ वा हुँदैन चिकित्सक सल्लाह जरुरी हुनेगर्दछ ।

सकेसम्म मदिरा खानै नहुने भएपनि लत बसेको मान्छेलाई रोक्न सकिँदैन । तर खानै परे पनि कतिपय औषधि खाँदा भने मदिरा खानु नहुने मान्यता छ । जस्तो झाडा पखालाको औषधि खाँदा मदिरा खानु हुन्न । यसले आकस्मिक स्वास्थ्य जटिलता निम्त्याउन सक्छ । त्यस्तै एन्टिवायोटिकको औषधि खाँदा पनि मदिरा खानुहुन्न । अन्य नियमित खानुपर्ने औषधिको सेवनमा लत बसेको मान्छेलाई चिकित्सकको सल्लाह अनुसार खान मिल्ने चिकित्सक बताउँछन् ।

तपाईको प्रतिक्रिया