शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

एस्कर्टस लिमिटेड इन्डियाद्धारा आयोजित छैठै  अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ् बिजनेश अवार्ड प्रदान गरिएको छ ।

भारतमा आयोजित एक विशेष कार्यक्रम बिच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहर द्धारा विश्वभरिका एस्कर्टस डिरलशीप मध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ् बिजनेस पार्टनरको रूपमा सम्मानित गरिएको थियो ।

अघिल्लो वर्षमा आइएमईले गरेको बजार हिस्सा वृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्टि र एस्कर्टस ब्राण्डलाई नेपालमा स्थापित हुन ठुलो भूमिका खेलेको हुनाले आइए मई अटोमोटिभ्स लाई सो अवार्ड प्रदान गरिएको जनाइएको छ ।

अजय मन्दाहर प्रमुख कार्यकारी अधिकृत एस्कर्टस लिमिटेड इन्डिया

आइए मई अटोमोटिभ्स हेभि इक्युपमेन्ट सेग्मेन्ट नेपालमा अत्यधिक कारोबार गर्ने वितरकको रूपमा पहिचान बनाउन सफल भएको अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताएका छन् ।

बेस्ट पर्फमिङ् अर्वाड आइए मई अटोमोटिभ्स् टिमको मेहनत र कुशल कार्यक्षमता प्रमुख रहेकोमा जोड दिँदै सम्पूर्ण टिमलाई यस अवार्डको लागि धन्यवाद पनि दिइएका छन् ।

आइएमई अटोमोटिभ्स्ले एस्कर्टस ब्राण्डको ब्याकोहो लोडर, हाइड्रा क्रेन, साथै कम्प्याक्टर सेगमेन्टका मेसिनहरू नेपाल भर बिक्री वितरण गर्दै आएको छ । नेपाल भरका ११ वटा शोरुम र शाखाहरूबाट सेल्स, सर्भिस र स्पेयर्सको सुविधा पनि दिँदै आएको कम्पनीले जनाएको छ । एस्कर्टसको पिक एण्ड क्यारी क्रेन विश्वकै नम्बर १ मेशिन पनि रहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया