शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

वर्ष २०२०–२१ का लागि केएलएफ पोएट्री बुक अफ दी इयरको अवार्ड नेपालका  कवि तथा उद्योगी बसन्त चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल और मैं’ ले समेत पाउने भएको जनाइएको छ । वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दी भाषीमाझ निकै चर्चित छ ।

भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलले २०२०–२१ का लागि ‘केएलएफ बुक अवार्ड्स’को घोषणा गरिएको जनाइएको छ । विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरूका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् घोषणा गर्ने गरिन्छ ।

प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित नन्फिक्सन, फिक्सन बुक, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरूसँग सम्बन्धित कृति, बिजिनेश बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेण्ड बुक्स, खेल तथा सामरिक लगायतका विषयमा लेखिएका पुस्तकहरूबाट उत्कृष्ट छानी अवार्ड घोषणा गर्ने जनाइएको छ ।

कलिंग लिटररी फेस्टिबल (केएलएफ) अन्तर्राष्ट्रिय स्तरमै चर्चित साहित्य महोत्सव समेत हो, जुन प्रत्येक वर्ष भारतको ओडिसा स्थित मन्दिरै मन्दिरहरूको शहरले चिनिने  भुवनेश्वरमा आयोजना गर्ने गरिन्छ ।
स्वतन्त्र अवार्ड छनौट समितिबाट छनौट भएका पुस्तकका सर्जकलाई आगामी डिसेम्बर १० देखि १२ सम्म आयोजना हुने साहित्य उत्सवमा अवार्ड वितरण गर्ने कार्यक्रम रहेको छ ।

कलिंग लिटररी फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाले कलिंग लिटरेरी फेस्टिवलमा साहित्यकार, कलाकार, पाठक तथा अन्य कैयन सफल व्यक्तिहरूबाट कैयन नयाँ अनुभव प्राप्त हुन्छ ।

महोत्सवमा लेखक, शिक्षाविद्, नीति निर्माता, साहित्यिक, सांस्कृतिक व्यक्तित्व, सरकारी अधिकारी, राजनीतिक तथा सामाजिक कार्यकर्ता, कानुन निर्माता, कर्पोरेट जगतका हस्तीहरू, आद्यायात्मीक विचारक तथा विद्यार्थी समेतको सहभागिता रहने जानकारी दिए ।

उनका अनुसार केएलएफ बुक अवार्डस् विभिन्न शैलीका साहित्यिक प्रतिभाहरूको पहिचान गर्न, उनीहरूलाई प्रोत्साहित गर्न र सम्मान गर्नका लागि अवसर प्रदान गर्ने माध्यम हो ।

पुरस्कारका लागि एक स्वतन्त्र निर्णायक मण्डलहरूले पुस्तकहरूको चयन गर्ने गर्छ । यस्तो मण्डलमा साहित्यकार, कलाकार तथा अन्य क्षेत्रका विद्धानहरू समेत सहभागी हुने गर्छन् ।

तपाईको प्रतिक्रिया