शनिबार, आश्विन ०२, २०७८  |  Saturday, September 18, 2021

अर्थमन्त्री जनार्दन शर्माले सवारी साधन मोटरसाइकलको वर्गीकरण फरक पार्दे, सबै प्रकारका मोटरसाइकल र स्कुटरको अन्तःशुल्क पनि वृद्धि गरेका छन् । सवारी साधन मोटरसाइकलको क्षमता सिसीका आधारमा उनले वर्गीकरण फरक बनाएका हुन ।  भन्सार शीर्षक ८७११.२०.९१ मा यसभन्दा पहिला ५० सिसीदेखि १५५ सिसीसम्म रहेकोमा अब भने ५० सिसीदेखि १ सय २५ सिसीसम्मलाई सो भन्सार शीर्षक नम्बरमा राखेर १० प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको छ ।

त्यसैसरि,  अब भन्सार शीर्षक  ८७११.२०.९१ मा पर्ने ५० सीसी देखि १२५ सिसीसम्म ४० प्रतिशत, भन्सार आयत शीर्षक नम्बर ८७११.२०.९२ अन्तर्गत १२५ सिसीदेखि २०० सिसीसम्म मोटरसाइकल पर्नेछ ।  यसको अन्तःशुल्क ५० प्रतिशत रहेको छ । त्यस्तै, भन्सार शीर्षक नम्बर  ८७११.२०.९९ मा  २०० सिसीदेखि २५० सिसीसम्म मोटरसाइकल राखिएको छ र अन्तःशुल्क ६० प्रतिशत रहेको छ ।

साथै ५०० सिसीदेखि ८०० सिसीसम्मको मोटरसाइकलमा यसअघि ८० प्रतिशत अन्तःशुल्क कायम रहेकोमा त्यसलाई २० प्रतिशतले अन्तःशुल्कमा वृद्धि गरेका छन् ।

अत्यधिक प्रयोग गरिने १५५ सिसीसम्मका मोटरसाइकल वा स्कुटरको हकमा प्रति मोटरसाइकल १५ हजार रुपैयाँ अन्तःशुल्क वृद्धि भएको छ । भने १५५ सिसीदेखि २५० सिसीसम्मका प्रति मोटरसाइकलको १८ हजार रुपैयाँ, २५० सिसीदेखि ४०० सिसीसम्मका प्रति मोटरसाइकलमा ५० हजार रुपैयाँ अन्तःशुल्क लाग्ने भएको छ ।

विद्युतीय मोटरमात्र भएका मोटरसाइकल वा स्कुटरको प्रति वटा १० हजार रुपैयाँ, धक्का दिने प्रकृतिको विद्युतीय मोटर भएका तीन पाङग्रे सामान ढुवानी गर्ने विद्युतीय सवारी साधनको १० हजार अन्तःशुल्क लाग्ने छ ।

भन्सार शीर्षक नम्बर ८७.०३ र ८७.०४ रहेका अन्य तीनपाग्रे सवारीका साधनमा अन्त शुल्कमा १५ हजार लाग्ने भएको छ । भन्सार शीर्षक नम्बर ८७.०२, ८७.०३ र ८७.०४ अन्तरगत पर्ने अन्य सवारीका साधनको अन्तःशुल्कमा सवारी साधनको मूल्यको १० प्रतिशत लाग्ने छ ।

तपाईको प्रतिक्रिया